रघुगंगाका पहिरो पिडितलाई मोनाले बनाएको घर हस्तान्तरण

Gandaki Ghumau

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर बनाएको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएको घर निर्माण गरी पीडितलाई चावी हस्तान्तरण गरिएको हो ।

जिल्ला विपद् ब्यवस्थापन समिति, स्थानीय पालिकाहरुसँग समन्वय गरी जग्गाविहिनलाई एकीकृत बस्ती र जग्गा भएका पीडितलाई मापदण्ड अनुसारकाप्रतिघर पाँच÷पाँच लाख रुपैयाँ गरी कुल २ करोडको लागतमा घर निर्माण गरिएको थियो । बेनी नगरपालिकाबाट सुरू गरिएको हस्तान्तरण कार्यक्रम आइतबार रघुगंगा गाउँपालिकामा पुगेर सम्पन्न भएको छ ।

करिब ६ महिनाको अवधिमा मोनाले धवलागिरी गाउँपालिकामा १४, मालिकामा १०, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा चार चार वटा पहिरो पिडितको घर निर्माण गरेको पहिरो पिडितको घर पुननिर्माण कार्यदलका सदस्य दल शेरपुजाले बताउनुभयो । गतबर्षको माघ महिनामा रघुगंगा गापा–५, झिँबाट सुरू भएको पुर्नवास अभियानले पीडितको घाउमा मलम लगाउने प्रयास गरिएको मोनाले जनाएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

आइतबार रघुगंगा गापाभित्र निर्मित ४ घर मोनाका अध्यक्ष ओमनारायण जुग्जालीले गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदी, वडा नं ५ का अध्यक्ष मनबहादुर शेरपुञ्जा,वडा नं ८ का अध्यक्ष गमान छन्त्यालको उपस्थितीमा पीडितलाई हस्तान्तरण गरिएको थियो ।

मोनाका अध्यक्ष जुग्जालीले प्रवासीले आफ्नो गास काटेर घर बनाएको बताउँदै घरको संरक्षण नै मोना र सहयोगदाताको सम्मान भएको बताए । सोही अवसरमा रघुगंगाका अध्यक्ष भण्डारीले गाउँपालिका भित्र १७ पूर्ण क्षति भएकोमा जिल्ला विपद् ब्यवस्थापन समितिले १३ घर छनौट गरेकोमा मोना बाहेक छुटेका चार सहित सबै घरको सम्झौताका लागि जिल्ला विपद् ब्यवस्थापन समितिमा पठाइएको बताउनुभयो ।

स्थानीय तहले समेत भविष्यमा प्रवासी म्याग्देलीसँग थप सहकार्य गर्न तयार रहेको बताएका छन् । घर हस्तान्तरण कार्यक्रममा मोनाका अध्यक्ष जुग्जाली, पूर्व अध्यक्ष एवम् प्रमुख संरक्षक चक्रबहादुर थापा, उपाध्यक्ष सुर्जे भट्टचन, सचिव रमेश पौडेल, सह–कोषाध्यक्ष महेन्द्र खड्का, मोना आइसी सदस्य एवम् निमाण समिति सदस्य दल शेरपुन्जा र मध्यपुर्व उपसंयोजक सुबोध बरुवाल लगायत खटिनुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...