अन्नपूर्णका पहिरो पिडितलाई मोनाले बनाएको घर हस्तान्तरण

Gandaki Ghumau

पोखरेबगर । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पहिरो पिडितहरुको लागि निर्माण गरेका घर शनिबार हस्तान्तरण गरिएको छ ।

गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएका अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ फगामका चार परिवारका लागि मोनाले बनाएको घर शनिबार पोखरेबगरमा हस्तान्तरण गरिएको हो ।

प्रतिघर पाँच÷पाँच लाख रुपैयाँ खर्चेर मोनाले फगामका मंगली पुर्जा, दिर्घबहादुर थापा, लालबहादुर गर्बुजा र रमेश बुढाथोकीको परिवारका लागि तीन कोठे घर र एक एक वटा शौचालय बनाइदिएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

मोनाका अध्यक्ष ओमनारायण जुग्जाली, पहिरो पिडितको घर पुननिर्माण कार्यदलका सदस्य दल शेरपुजा, सुबोध बरुवाल लगायतको टोलीले गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा, वडा अध्यक्ष नरसिंह पुर्जा र राजनीतिक दलका प्रतिनिधीको रोहबरमा घर हस्तान्तरण गर्नुभएको थियो ।

मोनाले धवलागिरी गाउँपालिकामा १४, मालिकामा १०, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा चार चार वटा पहिरो पिडितको घर निर्माण गरेको छ । विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरुले चन्दा संकलन गरेर दुई करोड रुपैयाँको लागतमा घर पुननिर्माण गरेका हुन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...