म्याग्दीमा अनियमित बिद्युत आपुर्तिको समस्या समाधानका लागि मिलनचोक सबस्टेशनमा नयाँ ब्रेकर राखियो

Gandaki Pardesh notice

म्याग्दीमा नियमित बिद्युत आपुर्ति गराउन मिलनचोक सब स्टेशनमा नयाँ ब्रेकर राखिएको छ ।

नेपाल बिद्युत प्राधिकरणले म्याग्दीको बिद्युत आपुर्ति प्रणालीलाई सुधार गर्नका लागि गत माघमा निर्माण भएको बेनी फिडरका लागि शुक्रबारदेखि छुट्टै ब्रेकर सञ्चालन गरेको हो । प्राधिकरणको प्रादेशिक कार्यालयले मिलनचोक सब स्टेशनमा जडान गर्न नयाँ ब्रेकर उपलब्ध गराएको थियो ।

यसअघि एउटै ब्रेकरबाट सञ्चालित ११ केभीको रत्नेचौर र सिंगा तातोपानी फिडरमा नयाँ ब्रेकर जडान गरेर दुई वटा फिडरको लागि छुट्टाछट्टै ब्रेकर जडान गरि बिद्युत आपुर्ति गर्ने ब्यवस्था मिलाइएको नेपाल बिद्युत प्राधिकरण बेनी बितरण केन्द्रले जनाएको छ ।

Shreekrishna hardwear in news

केन्द्रका प्राबिधिक प्रमुख रबिन्द्र भण्डारीले ८०० एम्पीएरको ब्रेकर राखेर बेनी क्षेत्रका लागि फिडर छुट्टाइएको बताउनुभयो । “ब्रेकर राखेपछि बिद्युत आपुर्ति सहज भई ट्रिपिङको समस्या हट्ने बिश्वास गरेका छौ,” उहाँले भन्नुभयो “एउटा ब्रेकर अन्तरगतको लाइनमा समस्या आउँदा अन्य फिडरमा असर नपर्ने भएपछि बिद्युत आपुर्ति सहज गराउन सहयोग पुग्छ ।”

गत माघमा मिलनचोक सबस्टेशन देखि बेनी नगरपालिकाको वडा नम्बर ६ डम्मरा जोड्ने ११ केभी क्षमताको ५ किलोमिटर नयाँ लाइन बनाएको थियो । ३०० एम्पिएर क्षमताको यो लाइनको मिलनचोक देखि डम्मरा सम्म १४५ वटा पोल गाडेको थियो ।

Bhautik ministry notice about road

ट्रान्सफर्मर भने पुरानै प्रयोग गरिएको छ । पर्वतको जलजला गाउँपालिकाको लामाखेत, पर्वतबेनी, बगरफाँट, म्याग्दी बेनी, मंगलाघाट र डम्मरामा बिद्युत बितरण गर्न एक करोड रुपैयाँको लागतमा छुट्टै फिडर बनाएको प्राधिकरणले जनाएको छ ।

मिलनचोक सबस्टेशन अन्तरगत यसअघि बेनी, रत्नेचौर र दाना फिडरबाट बिद्युत बितरण हुने गरेको थियो । यसअघि बेनीदेखि मंगला, मालिका र धवलागिरी गाउँपालिकासम्म करिब ८० किलोमिटर दुरिमा एउटै बेनी फिडरबाट बिद्युत आपुर्ति गराइएको थियो ।

लामो दुरीको लाइन हुँदा कुनै ठाउँमा समस्या आउदा त्यसबाट बिद्युत बितरण हुने सबै ठाउँमा बिद्युत आपुर्ति बन्द हुने समस्या छ । धेरै बिद्युत खपत हुने बजार क्षेत्रमा छुट्टै फिडरबाट बितरण भएपछि उद्योग ब्यवसाय, घरायसी कामकाज र सार्वजनिक सेवा प्रवाहमा सहज हुन थालेको छ ।

अनियमित विद्युत आपुर्तिको समस्या समाधानका लागि केन्द्रले अघि सारेको अल्पकालीन र दिर्घकालिन कार्ययोजना अनुसार मिलनचोक सबस्टेशनका उपकरण थप र प्रशारण लाइन मर्मतका साथै बजार क्षेत्रका लागि नयाँ फिडर बनाएको हो ।

दिर्घकालीन समाधानका लागि दरवाङको रातोढुङ्गामा निर्माणाधिन ३३÷११ केभी क्षमताको सबस्टेशनलाई पुर्णता दिने, खुर्कोट देखि म्याग्दी र बागलुङका लागि फरक–फरक मुख्य लाइन बनाउने, २२० केभी क्षमताको दाना सबस्टेशनमा २२०÷३३÷११ केभीको ट्रान्सफर्मर राखेर अन्नपूर्ण गाउपालिकामा विद्युत आपुर्ति गराउने योजना कार्यान्वयन गर्नुपर्ने प्राधिकरणको बेनी बितरण केन्द्रका प्रमुख प्रशान्त झाले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...