धस्केखोरबासीलाई स्थानान्तरण

Gandaki Pardesh notice

बेनी । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको धस्केखोरका बासिन्दालाई स्थानान्तरण गरिएको छ ।

बस्ती वरपर पहिरो खस्ने, जमिन चिरा चिरा परेर धाजा फाटेर बग्न थालेपछि धस्केखोर डाडामा अस्थाई आवास बनाएर स्थानान्तरण गरिएको हो । गत असार अन्तिम सातादेखि सुरु भएको बर्षातसँगै १६ वटा घर रहेको धस्केखोरमा पहिरो बग्न थालेको थियो ।

दिउँसो गाउँमा आएर खेतबारीको काम गर्ने र राती सुत्न टहरामा जाने गरेको धस्केखोरका रेशबहादुर पाइजाले बताउनुभयो । सँयौ रोपनी खेतबारी धाजा फाटेर क्षति पुगेको छ । रेशबहादुर पाइजा, कृष्ण फगामी, नौमति बुद्धुजा, नरे तिलिजा, दलमति पुर्जा, जितबहादुर पुर्जा, टिकाबहादुर पुर्जा, ज्ञानबहादुर पाइजा लगायतका परिवारलाई स्थानान्तरण गरिएको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पहिरोको जोखिम रहेकाले थप क्षति हुन नदिन सुरक्षित ठाउँमा सामुहिक आवास बनाएर राखिएको बताउनुभयो । गाउँपालिका र विभिन्न दाताले दिएको त्रिपाल, पलास्टिक बाट १० वटा टहरा निर्माण र खानेपानी ब्यवस्थापन गरिएको छ । घरका महत्वपूर्ण सामान पनि सारेका स्थानीय शिक्षक खेम पुनले बताउनुभयो ।

अस्थाई आवास निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाले पाँच वटा ठूला आकारका त्रिपाल, दुई रोल म्याट्रेस र एक क्वाइल खानेपानीको पाइप उपलब्ध गराएको छ । किन्दु–पोखरा सम्पर्क समितिले ६ वटा पलास्टिक टनेल, एक वटा त्रिपाल, २२० मिटर बिद्युतको तार सहित बिद्युतीकरणका सामग्री उपलब्ध गराएको छ ।

यसैगरी दुई वटा शौचालयको प्यान, एक रोल वायरीङ तार, ३२ एमएमको १०० मिटर पाइप गरि करिब रु. एक लाख बराबरको सामग्री उपलब्ध गराएको किन्दु–पोखरा सम्पर्क समितिका सचिब खिमन शेरपुजाले बताउनुभयो ।

सो सामग्री समितिका सल्लाहकार क्याप्टेन बलबहादुर पाईजा मार्फत पहिरो पिडितलाई उपलब्ध गराइएको छ । स्वदेश तथा बिदेशमा पुगेका किन्दुबासीहरुबाट सहयोग संकलन गरेर पहिरो पिडितलाई आवश्यक सामग्री उपलब्ध गराउन लागिएको समितिका कोषाध्यक्ष क्याप्टेन पदम चोचाङ्गीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...