एक वर्षअघिको पहिरोले क्षतिबिक्षत बनेको बिम पुरानो लयमा फर्कियो (भिडियो सहित)

Gandaki Pardesh notice

बेनी । एक वर्षअघिको पहिरोले क्षतबिक्षत बनेको म्याग्दीको मालिका गाउँपालिकाको वडा नम्बर ७ बिम पुरानै अवस्थामा फर्किएको छ ।

पहिरोले भत्किएका, बगेका र पुरिएका घर, सडक, बिद्युत, खानेपानी आयोजना पुनःनिर्माण गरेर गाउँलाई पुरानै लयमा फर्काइएको हो । बिमका वडा अध्यक्ष रेशम जुग्जालीले पहिरोले पुर्ण क्षति भएका ३३ मध्य ३१ वटा घर पुननिर्माण भएको जानकारी दिनुभयो ।

२०७७ असार २५ र २६ गतेको पहिरोले बिममा ९ जनाको मृत्यु, एक जना बेपत्ता हुनुका साथै सडक, बिद्युत, खानेपानी, सिचाई लगायत बिकासका पुर्बाधारमा ठुलो क्षति पुगेको थियो । “गत सालको त्यो भयाबह स्थितिले हामी यति छिट्टै सामान्य अवस्थामा फर्किन्छौ भन्ने लागेको थिएन,” वडा अध्यक्ष जुग्जालीले भन्नुभयो “प्रशासन, जिसस, गाउँपालिका र स्वदेश तथा बिदेशमा रहेका बिम घर भएका लगायत म्याग्देलीहरुको सहयोगले सम्भव भयो ।”

Shreekrishna hardwear in news

सुरक्षित ठाउँमा जग्गा र किन्न सक्ने क्षमता नभएका १० घरपरिवारलाई बिम मालिका संघले तल्लोबोटमा रु. बीस लाखमा खरिद गरेको ५ रोपनी ११ आना जग्गामा म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले रु. पचास लाख खर्चेर एकिकृत बस्ति निर्माण गरेको छ ।

बिम मालिका संघले उपलब्ध गराएको २९ लाख, इन्द्रेणी सांस्कृतिक कार्यक्रमले जुटाएको रु. २७ लाख र वडाको बिपद् ब्यवस्थापन खातामा संकलित रु. दुई लाख ७५ हजार २१ परिवारलाई घर पुननिर्माणका लागि रु. दुई लाख पचास हजारका दरले बितरण गरिएको थियो । गाउँपालिकाले प्रतिघर थप रु. पचास हजारका दरले उपलब्ध गराउने तयारीमा छ ।

अन्यत्र घर भएका दुई जनाले बिममा पुननिर्माण गरेनन् । सरकारले मनसुनजन्य बिपद्बाट क्षति पुगेका घर पुननिर्माण गर्न रु. पाँच लाखका दरले उपलब्ध गराउने अनुदान बितरण गर्न गत बैशाखमा कार्यबिधी ल्याएको थियो । गाउँपालिकाका प्राबिधिकहरुले तय गरेको मापदण्ड अनुसार सरकारी अनुदान नआउदै प्रति परिवार तीन वटा कोठा भएको घर र शौचालय बनाइएको छ ।

अनुदानको आश गर्दा ढिला र झञ्जट हुने भएकाले दाताको सहयोगका साथै आफ्नै स्रोतबाट घर निर्माण गरेको पिडितले बताएका छन् । पहिरोले घर पुरिएपछि आफन्तकोमा आश्रय लिएर बसेका बिमका पुर्ण दर्जीले आफ्नै घर पाउँदा खुसी लागेको बताउनुभयो ।

Bhautik ministry notice about road

“दुई छोराछोरी र श्रीमति सहित घरजग्गा सबै पहिरोले पुरेपछि काकाकोमा बस्दै आएको थिए,” उहाँले भन्नुभयो “मोनाले घर बनाइदिएपछि कहाँ बस्ने भन्ने चिन्ता हटेको छ ।” पुर्ण दर्जी, लालमाया दर्जी, ओमप्रसाद दर्जी, प्रेम दर्जी, खेम दर्जी, खाम्बीर दर्जी, ज्ञानबहादुर जुग्जाली र नन्दप्रसाद थापा लगायत १० घर परिवारलाई मोनाले बनाएको एकिकृत बस्ति बिहिबार हस्तान्तरण गरिएको छ ।


मोनाका अध्यक्ष ओमनारायण जुग्जालीले गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, गाउँपालिका उपाध्यक्ष खरमाया बिटालु, प्रहरी नायव उपरिक्षक श्यामकुमार राई र वडा अध्यक्ष रेशम जुग्जाली मार्फत घर हस्तान्तरण गर्नुभएको थियो ।

जिल्ला समन्वय समिति र मालिका गाउँपालिकाले पहिरोबाट क्षति पुगेको दरबाङ हुदै बिम जोड्ने सडक गत असोजमै पुनःनिर्माण गरेका थिए । पहिरोले बगाएको खानेपानी आयोजनामा नयाँ मुहानबाट पानी आपुर्ति गराएर पुननिर्माण गरिएको थियो । पहिरो गएको एक महिनाभित्रनै केन्द्रिय प्रशारण लाइनको बिद्युत पुननिर्माण भएको थियो ।

गत वर्षको बर्खामा ८१ वटा बस्तिमा पहिरोका कारण क्षति भएका २४७ घर पुननिर्माण र जोखिममा परेका ८२१ घर स्थानान्तरणका लागि जिल्ला बिपद् ब्यवस्थापन समितिले सिफारिस गरेको थियो ।

पुर्ण क्षति भएका मध्य मोनाले जुटाएको रु. दुई करोड रुपैयाँबाट बिमका १० सहित जिल्लाभर ४० वटा घर पुननिर्माण भएका छन् । धवलागिरीको मराङमा १०, धारापानीमा ४, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा ४÷४ वटा घर बनाएर हस्तान्तरण सुरु गरेको मोनाका उपाध्यक्ष सुर्य भट्टचनले बताउनुभयो ।

मोनाले बनाएका बाहेक २०७ वटा घर बनाउन गृह मन्त्रालयले पहिलो किस्ता बापत रु. पचास हजारका दरले बितरण गर्न उपलब्ध गराएको बजेट सम्बन्धित पालिकाहरुमा पठाएको प्रजिअ गणेशबहादुर अधिकारीले बताउनुभयो । जोखिमयुक्त बस्तिका बासिन्दाहरुले भने स्थानान्तरणमा उपेक्षा गरेको गुनासो गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...