बेनीमा बजार अनुगमन

Gandaki Pardesh notice

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा बिहिबार बजार अनुगमन भएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको नेतृत्वमा जिल्ला प्रशासन, प्रहरी, बेनी नगरपालिका, उद्योग बाणिज्य संघका प्रतिनिधीहरुको टोलीले बजार अनुगमन गरेको हो ।

१० जटा माछा मासु, १६ वटा तरकारी, फलफुल र खाद्यान्न पसलहरुको अनुगमन गरिएको कार्यालयका प्रमुख नन्दलाल पौडेलले जानकारी दिनुभयो । अनुगमनका क्रममा भेटिएका म्याद नाघेका तरकारी, बिस्कुट, कुकिज लगायत तीन हजार ५५० रुपैयाँ मूल्य बराबरको सामान नष्ट गरिएको उहाँले बताउनुभयो ।

Bhautik ministry notice about road

टोलीले मासु पसलहरुलाई सरसफाइको अवस्था सुधार गर्न, किराना ब्यापारीले मूल्यसूची राख्न र तरकारी ब्यवसायीलाई ताजा तरकारी बेन्न निर्देशन दिएको थियो ।

Shreekrishna hardwear in news

महामारीको जोखिम, निषेधाज्ञा र बाढी पहिरोको असहज अवस्थाको मौका छोपेर हुन सक्ने अखाद्य बस्तुको बिक्री बितरण, कृतिम अभाव, मूल्य वृद्धी नियन्त्रणका लागि अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७७÷७८ मा ११ पटक ११८ वटा फर्म तथा पसलको अनुगमन गरेको कार्यालयले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...