भगवतिको राममन्दिर र रिसिनचौतारीलाई केरा पकेट बनाइयो

Gandaki Ghumau

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिको राममन्दिर र रिसिन चौतारीका बासिन्दाले गाउँभरी केरा खेती गरेका छन् ।

राममन्दिर, माझखर्क र रिसिनचौतारीका बासिन्दाले परम्परागत खाद्यबालीको बिकल्पमा खेतबारीमा केरा खेती गरेका हुन् । रघुगंगा गाउँपालिकाको साना ब्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) बिकास कार्यक्रम मार्फत ३५ जना कृषकहरुले ब्यवसायिक रुपमा केरा खेती गरेका छन् ।

केरा पकेट बिकास कार्यक्रममा सदस्य मुक्ति सुबेदीले थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालिको तुलनामा सजिलो भएकाले केरो खेतीको लहर चलेको बताउनुभयो ।

Shreekrishna

“धान, कोदो, मकै, गहुँ भन्दा केरा खेतीबाट चार÷पाँच गुणा बढी आम्दानी गर्न सकिन्छ,” उहाँले भन्नुभयो “भुगोल र हावापानी अनुकुल भएकाले केरा खेतीमा लागेका हौ ।” सो क्षेत्रमा यसअघि घरायसी प्रयोजनका लागि केरा खेती हुदै आएको थियो ।

Gunasthariya Shiksya

परिक्षणका लागि केही कृषकले धेरै संख्यामा लगाएको केराले उत्पादन र आम्दान दिन थालेपछि अरु पनि आकर्षित भएका हुन् । गाउँभरी खेरा खेती भएको छ । यसअघि रघुगंगा गाउँपालिकाको २ र ३ नम्बर वडामा दुई वटा केरा खेती गर्ने कृषकको समूह थियो ।

दुई वटै समूहलाई एकिकृत गरेर केरा पकेट बिकास कार्यक्रम सुरु गरिएको हो । चालु आर्थिक वर्षमा केरा पकेट कार्यक्रमलाई रघुगंगा गाउँपालिकाले रु. सात लाख पचास हजार बिनियोजन गरेको थियो । कृषक र गाउँपालिकाको पचास÷पचास प्रतिशत लागत साझेदारीमा पकेट बिकास कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मनोज सुबेदीले बताउनुभयो ।

“एक सय रोपनीमा स्थानीय हजारी जातको केराका नयाँ बिरुवा रोप्ने कार्यक्रम अन्तिम चरणमा छ,” उहाँले भन्नुभयो “कार्यक्रम मार्फत उपकरण, मल, बिषादीमा सघाएका छौ ।” सिचाईका लागि एक हजार पाँच सय मिटर पाइप खरिद गरेका समूहले पाँच हजार छ सय वटा नयाँ केराका बिरुवा रोपेका छन् ।

दुई वटा खाडल खन्ने उपकरण र पाँच वटा यान्त्रिक हलोका साथै गोठेमल, रासायनिक मल, केराको बिउ खरिदमा अनुदान दिएको छ । एक जना कृषकले एक सय देखि पाँच सय वटा केराका बिरुवा रोपेका छन् ।

कृषकको आयआर्जन वृद्धि र जिबनस्तर सुधारका लागि राममन्दिरलाई केरा खेतीको पकेट क्षेत्रको रुपमा बिकास गर्न लागिएको रघुगंगा गाउँपालिका–२ भगवतिका वडा अध्यक्ष रिम कटुवालले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...