मिठौलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मंगला गाउँपालिका २ मिठौलामा बुधबार साँझ भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सिमलचौर देखि पुर्णगाउँतर्फ जादै गरेको जिप मिठौलामा साँझ दुर्घटना भएको थियो ।

Bhautik ministry notice about road

एक जना घाइतेको मृत्यु भएको र ६ जना घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले बताउनुभयो । ग १ ज ७६५२ नम्बरको जिप सडकमा पल्टिएर दुर्घटना भएको हो । मृतक, घाइतेको परिचय खुल्न बाँकी रहेको प्रनाउ राइले बताउनुभयो ।

स्थानीयबासी र प्रहरीले घाइतेको उद्दार गरि अस्पताल पठाएका थिए । दुर्घटना बारे थप बिबरण आउन बाँकी छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...