भगवतिको राममन्दिरमा स्वास्थ्य इकाईको भवन

Shreekrishna hardware

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतिको राम मन्दिरमा सामुदायिक स्वास्थ्य इकाईको भवन निर्माण भएको छ ।

गण्डकी प्रदेश सरकार र रघुगंगा गाउँपालिकाको रु. २८ लाख अनुदान सहयोगमा स्थानीयबासीले श्रमदान गरेर चार कोठे पक्कि भवन निर्माण गरेका हुन् । वडा अध्यक्ष रिम कटुवालले भवनमा सहायता, स्वास्थ्य परिक्षण, प्रशासनिक र औषधी भण्डारण कक्ष बनाइएको बताउनुभयो ।

“यो भवन बनाउन आर्थिक वर्ष २०७६÷०७७ मा वडाको सिफारिसमा गाउँपालिकाले रु. १३ लाख र प्रदेश सांसद बिनोद केसीको सिफारिसमा निर्वाचन क्षेत्र पुर्बाधार कार्यक्रमबाट रु. दश लाख बिनियोजन भएको थियो,” उहाँले भन्नुभयो “चालु आर्थिक वर्षमा गाउँपालिकाले रु. पाँच लाख बिनियोजन गरेर पूर्णता दिइएको भवनबाट केही दिनमै सेवा प्रवाह सुरु गर्ने तयारीमा छौ ।”
स्थानीय रामचन्द्र कार्कीका परिवारले निशूल्क उपलब्ध गराएको एक रोपनी जग्गामा निर्माण भएको भवन घेराबार गर्न आगामी आर्थिक वर्ष २०७८÷०७९ मा गाउँपालिकाले रु. एक लाख बिनियोजन गरेको छ । बि.स. २०७६ फागुनमा स्थापना भएको इकाई खोप केन्द्रको भवनमा सञ्चालन हुदै आएको छ ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

एउटै कोठामा सहायता, परिक्षण, भण्डारण र प्रशासनिक कक्ष सञ्चालन गर्दा सेवा प्रवाह गर्न समस्या भएको थियो । बिरामीहरुले खुलेर स्वास्थ्य समस्या र लक्षणहरु बताउन लाज मान्ने गरेका छन् । भवन भएपछि सेवा प्रवाह सहज हुने वडा अध्यक्ष कटुवालले बताउनुभयो ।

भगवतिमा रहेको स्वास्थ्य चौकी टाढा भएकाले आधारभूत स्वास्थ्य उपचार सेवा लिन समस्या भएका राममन्दिर र आसपासका बस्तिका बासिन्दालाई लक्षित गरेर रघुगंगा गाउँपालिकाले इकाई सञ्चालन गरेको हो । एक जना अहेब र एक जना कार्यालय सहयोगी कार्यरत इकाईमा स्वास्थ्य परिक्षण, परामर्श र सरकारले दिने निशूल्क औषधि वितरणको सुबिधा उपलब्ध छ ।

सामान्य बिरामी पर्दा समेत घण्टौ हिडेर वडा स्तरको स्वास्थ्य संस्थामा पुग्नुपर्ने समस्या हटेको राममन्दिर टोल बिकास संस्थाका अध्यक्ष शिवध्वज कार्कीले बताउनुभयो । राममन्दिर र आसपासका बस्तिका डेढ सय घरधुरीका लाभान्वित भएका छन् । रघुगंगा गाउपालिकाले बेगको बादुक, पाखापानीको रायखोर, दग्नामको दर्मीजा, कुइनेखानी र चिमखोलाको पात्लेमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...