भकिम्लीको स्वर्गाश्रममा आश्रयस्थल निर्माण (भिडियो खबर सहित )

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ स्थित धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रममा तिर्थयात्री र पर्यटकलाई लक्षित गरेर आश्रयस्थल भवन निर्माण भएको छ ।

स्वर्गाश्रममा पुजाआजा, दर्शनका साथै भ्रमणमा आउने तिर्थयात्री, स्वदेशी तथा बिदेशी पर्यटकको सुबिधाका लागि रु. २१ लाख भन्दा बढी खर्चेर तीन वटा भवन निर्माण भएको हो । स्वर्गाश्रम बेलढुङ्गा बिकास समितिका अध्यक्ष समेत रहनुभएका वडा सदस्य रत्नबहादुर जिसीले बेनी नगरपालिकाको सहयोगमा भवन निर्माण भएको जानकारी दिनुभयो ।

“आर्थिक वर्ष २०७६÷०७७ मा बिनियोजन भएको रु. २० लाख बजेटबाट स्वर्गाश्रममा तिर्थयात्री निवास बनाएका थियौ,” उहाँले भन्नुभयो “चालु आर्थिक वर्षमा रु. छ लाखले तिर्थयात्रीलाई भान्छाघर र रु. तीन लाखबाट बाघखोरमा पर्यटक आश्रयस्थल निर्माण भएको छ ।”
उपभोक्ता समितिका अध्यक्ष खिमकुमारी खत्रीले भान्छाघर बनाउन रु. दुई लाख ५५ हजार र पर्यटक आश्रयस्थल भवन बनाउन रु. ५५ हजार बराबरको श्रमदान गरेको बताउनुभयो । आश्रयस्थलमा एक सय जना भन्दा बढी बस्न सक्छन् । बस्ती देखि टाढा जंगलको बिचमा रहेको स्वर्गाश्रममा खान र बस्नको समस्या थियो ।

Shreekrishna hardwear in news

समुन्द्रि सतहदेखि दुई हजार पाँच सय मिटर उचाईमा रहेको स्वर्गाश्रममा म्याग्दी र बागलुङबाट मानिसहरु दृष्य अवलोकन, भ्रमण र दर्शनका लागि पुग्न थालेपछि चहलपहल बढेको छ ।

Bhautik ministry notice about road

प्राचीनकालदेखि नै ऋषि महर्षि र विद्वान् विदूषीको तपस्थली रहँदै आएको स्वर्गाश्रमबाट कालीगण्डकी, महारानी थान, जगन्नाथधाम, गलेश्वर धाम, मुक्तिनाथ, रिखार क्षेत्र र पौलस्त्य क्षेत्रको दर्शन गर्न सकिन्छ ।

प्राकृतिकरुपमा अत्यन्त रमणीय, आध्यात्मिक आस्थाको केन्द्र, पर्यटकीय सम्भावनाले युक्त स्वर्गाश्रमबाट सातवटा तीर्थस्थलको दर्शन गर्न पाउनु अद्वितीय विशेषता भएको वडा अध्यक्ष पदम पुनले बताउनुभयो ।

यहाँ तपस्वीनी ईश्वरानन्द सरस्वतीले २० वर्षसम्म कठोर तपस्या गरी सिद्धिप्राप्त गरेपछि देवघाटमा जानुभएको थियो । हाल यस क्षेत्रको प्रचारप्रसारका लागि समितिले तपस्वीनी ईश्वरानन्द सरस्वतीलाई पनि यही बोलाएको छ । अहिले तपस्वीनी सरस्वती घना जङ्गलको बीचमा रहेको स्वर्गाश्रममा एक्लै तप र ध्यान गरेर बसिरहनुभएको छ ।

तपस्वीनी सरस्वतीका अनुसार पनि एकै ठाउँबाट सातवटा तीर्थस्थल दर्शन गर्न सकिने नेपालको एकमात्र ठाउँ स्वर्गाश्रम नै हो । स्वर्गाश्रमको ढोकाबाट पूर्वतर्फ सुन्दर बेनी बजारसँगै कालीगण्डकी, महारानी थान, उत्तरतर्फ गलेश्वरधाम, जगन्नाथधाम, मुक्ति क्षेत्रलगायतका तीर्थस्थलको अवलोकन गर्न सकिने उहाँले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...