साठी हजार घाँसका बिरुवा उत्पादन

Gandaki Pardesh notice

बेनी । भू–तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वतको म्याग्दीको बेनी स्थित सम्पर्क इकाइले घाँसका बिरुवा वितरण गर्न थालेको छ ।

बिरुवा रोप्नका लागि बर्खायामको अनुकुल मौसमको सुरुवातसँगै इकाइले बेनी स्थित नर्सरीमा उत्पादन गरेको बिरुवा बितरण गर्न थालेको हो । मंगलबारदेखि बिरुवा बितरण गर्न सुरु गरिएको इकाइका प्रमुख शम्भुकुमार मिश्रले बताउनुभयो ।

Bhautik ministry notice about road

उहाँका अनुसार नर्सरीमा यस वर्ष साठी हजार विभिन्न घाँस प्रजातिका बिरुवा उत्पादन भएको छ । राइखन्यु, निमारो, इपिलइपिल, भट्टमासे, क्यासयाससिमिया, किम्बु, काफल, बाँसपाते, भुजेत्रो, धुपी प्रजातिका बिरुवा उत्पादन भएको छ ।

Shreekrishna hardwear in news

नर्सरीमा जेठ अन्तिम साताको बाढीले क्षति पु¥याएको थियो । बाढीले हुर्कदै गरेका बिरुवामा क्षति पुगेकाले कृषकको माग ब्यवस्थापन गर्न चुनौति छ । हरियाली प्रर्वद्धन, भू–क्षय नियन्त्रण र पशुपालनका लागि आहरा आपुर्तिमा सघाउन घाँसका बिरुवा बितरण गरिएको इकाइका प्रमुख मिश्रले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...