मंगलाको कुहुँ १० दिन सिल गरियो

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मंगला गाउँपालिकाको वडा नम्बर १ मा पर्ने कुहुँलाई १० दिन सिल गरिएको छ ।

कुहुँ र पुर्णगाउँमा एकै दिन लक्षण सहितका ३९ जना कोरोना (भाइरस)का संक्रमित भेटिएपछि नियन्त्रणका लागि वडा बाहिर र एक देखि अर्को टोलमा आवत जावत बन्द गरिएको हो ।

मंगला गाउँपालिकाले आइतबार जारी गरेको सुचनामा कुहुँमा एम्बुलेन्स, बिरामी बोक्न प्रयोग भएको गाडी, औषधी र बिकास आयोजनाका सामग्री बोकेका बाहेकका गाडी र मानिसको आवत जावतलाई बन्द गरिएको उल्लेख छ ।

Shreekrishna hardwear in news

निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्यले कोरोना भाइरसको संक्रमण फैलिन नदीन २०७८ असार २३ गते सम्मका लागि कुहुँ वडा सिल गरिएको जानकारी दिनुभयो । वडा कार्यलय, सहकारीको सेवा बन्द भएको छ । खाद्यान्नका सामग्री गाउँपालिकाको सहमति लिएर तोकिएको समयमा ढुवानी गर्नुपर्नेछ ।

Bhautik ministry notice about road

आइतबार वडा अध्यक्ष डेकबहादुर राम्जाली, कर्मचारी सहित ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३९ जनाको परिक्षण गर्दा सबैमा कोरोना संक्रमण पुष्टि भएको स्थानीय अगुवा एकजित रोकाले बताउनुभयो । संक्रमित सबैमा ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएको छ ।

गाउँपालिकाको निर्देशन नमान्नेलाई सवारी साधन नियन्त्रणमा लिने र कारबाहीका लागि प्रशासनमा बुझाउन जनाएका छन् । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, कार्यपालिका सदस्य डिलकुमारी खत्री र कुहुँ स्वास्थ्य चौकीका प्रमुख माया अधिकारीको टोलीले होम आइसोलेशनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ ।

पछिल्लो केही हप्ता घट्दै गएको कोरोनाको संक्रमणदर एकै पटक ह्वात्तै बढेपछि सरोकारवाला झस्किएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार हालसम्म जिल्लाभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई हजार ४३४ जना पुगेको छ । हाल १२६ जना सक्रीय संक्रमित छन् ।

,

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...