पहिरो पिडितलाई प्रशासनको राहत

Sinchai Khanipani notice

बेनी । जिल्ला प्रशासन कार्यालय, म्याग्दीले हालैको पहिरोबाट घरबास गुमाएका मालिका गाउँपालिकाका पिडितहरुलाई राहत बितरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु गाउँमै पुगेर पहिरो पिडितलाई राहत बितरण गरेका हुन् । मालिका गाउँपालिको निस्कोट, रुम, ओखरबोट, डाडागाउँ र दरबाङका ३१ घरपरिवारलाई नगद राहत बितरण गरिएको प्रशासनले जनाएको छ ।

पाँच जना सम्म सदस्य भएको परिवारलाई प्रतिपरिवार १५ हजार र ६ जना भन्दा बढी सदस्य भएकालाई प्रतिपरिवार बीस हजार रुपैयाँका दरले राहत उपलब्ध गराइएको हो । मालिकामा कुल करिब छ लाख रुपैया बितरण भएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रशासनका नायव सुब्बा शिव शर्मा, पुर्ण खत्री, लिला चोखाल, आनन्द रिजाल र इलाका प्रहरी कार्यालय दरबाङका सोमबहादुर रानाको टोलीले राहत बितरणका साथै पहिरोले पु¥याएको क्षति र जोखिमको बारेमा जानकारी लिएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा जिल्ला विपद् ब्यवस्थापन समितिको पछिल्लो पटक बसेको बैठकले पहिरोमा घर भत्किएका, पुरिएका, बगेका र क्षति पुगेकाहरुलाई राहत बितरण गर्ने निर्णय गरेको थियो । अन्य पालिकाहरुमा पनि राहत बितरण भैरहेको प्रशासनले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...