औषधी ब्यवसायी संघद्धारा स्वास्थ्य सामग्री सहयोग

Sinchai Khanipani notice

बेनी । औषधी ब्यवसायी संघ म्याग्दीले विभिन्न संघ संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

Bhautik ministry notice about road

४८ औ स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयलाई स्यानीटाइजर, मास्क तथा नेपाल बाल संगठनद्धारा सञ्चालित म्याग्दी बालगृहलाई खाद्यान्न सहयोग गरेका हुन् ।

संघका अध्यक्ष अमर पाण्डेको नेतृत्वमा प्रहरी नायव उपरिक्षक श्यामकुमार राई, जिल्ला ट्राफिक प्रहरी प्रमुख मिनबहादुर खड्का र नेपाल बाल संगठनका सचिव सन्दिप खत्रीलाई सामग्री हस्तान्तरण गरिएको संघका कोषाध्यक्ष कुमार बानियाले जानकारी दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...