म्याग्दीका स्थानीय तहमा तीन अरबको बजेट प्रस्तुत (भिडियो रिपोर्ट सहित )

Gandaki Ghumau

बेनी, म्याग्दीका छ वटा स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु. तीन अरब भन्दा बढीको बजेट ल्याएका छन् । बि.स. २०७४ मा निर्वाचित भएका म्याग्दीका पालिकाका पदाधीकारीहरुले ल्याएको रु. तीन अरब दुई करोड ५७ लाख ४९ हजार ८२० को पहिलो कार्यकालको अन्तिम बजेट सार्वजनिक गरेका हुन् ।

विगतकै परम्परागत शैलीमा ल्याइएको बजेट पुर्बाधार, कोरोना महामारी नियन्त्रण, बिपद् ब्यवस्थापन, स्वास्थ्य, शिक्षा, पर्यटन पुर्बाधार, कृषि, पशुपालन र खेल पुर्बाधारमा केन्द्रित छ । आगामी स्थानीय तहको चुनाबमा आफू अनुकुलको परिणाम ल्याउन शक्ति जोगाउने, कार्यकर्ताको अपेक्षा पुरा गर्ने र आफू आवद्ध दल कमजोर भएको ठाउँका मतदातालाई प्रभावित बनाउन पदाधीकारीले बजेटलाई हतियार बनाएका छन् ।

न्युन मात्रामा आन्तरिक स्रोत जुटाएका पालिकाहरुको बजेट संघीय, प्रदेश सरकारले पठाएको अनुदान र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने अनुमान गरिएको बजेटमा निर्भर छ । चालु आर्थिक वर्ष सकिन २० दिन बाँकी रहदाँ ५० देखि ६५ प्रतिशत पुजिगत बजेट खर्चेका पालिकाहरुले आगामी वर्षको चुनावी बजेटलाई समयमै प्रभावकारी र पारदर्शी हिसाबले कार्यान्वयन गर्न चुनौति छ ।

Shreekrishna

सामाजिक सुरक्षा भत्ता, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीको तलब भत्ता र जनप्रतिनिधीहरुको सुबिधाले ठूलो आकारको देखिएको स्थानीय तहको बिकास बजेट कुल बजेटको करिब तिहाई छ । रु. चार करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य सहित रु. ६६ करोड पाँच लाख ६७ हजारको बजेट ल्याएको बेनी नगरपालिकाले पुजिगततर्फ रु. २३ करोड २६ लाख ८५ हजार बिनियोजन गरेको छ ।

पूर्वाधार विकासमा रु. तीन करोड ५० लाख, सामाजिक विकासमा रु. एक करोड ७५ लाख, आर्थिक विकासमा रु. एक करोड ४० लाख, वातावरण तथा विपद् व्यवस्थापनमा रु. ७५ लाख, कोरोना नियन्त्रणमा रु. ५० लाख, बर्खामा अवरुद्ध सडक मर्मतमा रु. सत्तरी लाख र समपुरक कोषमा रु. तीन करोड ८५ लाख बिनियोजन गरेको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

बिहीबारको नवौ नगरसभामा उपप्रमुख सञ्जु बरुवालले प्रस्तुत गरेको बजेटमा छलफलका लागि सभाका सदस्यले समय मागेपछि आइतबारसम्म स्थगित भएको छ । असार ७ गतेनै पारित भएको रघुगंगाको कुल रु. ५३ करोड १९ लाख ९ हजार बजेट मध्य पुजिगत शिर्षकमा रु. १४ करोड ७५ लाख बिनियोजन भएको छ ।

Gunasthariya Shiksya

रु. एक करोड तीन लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको रघुगंगाले मौवाफाँटमा गाउँपालिकाको भवन बनाउन रु. एक करोड पचास लाख, सडक पुर्बाधारमा रु. ९ करोड ६७ लाख, शिक्षामा रु. १४ करोड ७५ लाख, स्वास्थ्यमा रु. सात करोड, कृषि, पर्यटन, सहकारीलाई रु २ करोड बिनियोजन गरेको अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

सामाजिक सुरक्षा भत्ता बाहेक रु. ४२ करोड ३० लाखको बजेट पारित गरेको अन्नपूर्ण गाउँपालिकालेले पुजिगत शिर्षकमा रु. आठ करोड ९९ लाख ८० हजार र समपुरक कोषमा रु. दुई करोड १३ लाख बिनियोजन गरेको छ । सडक पुर्बाधार, भवन, खानेपानी, विपद् ब्यवस्थापन, महामारी नियन्त्रण, शिक्षा, स्वास्थ्य र पशुपालनलाई प्राथमिकता दिएको अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

वडा नम्बर १ गुर्जा र वडा नम्बर ५ मल्कवाङका जनप्रतिनिधीको फरक मत राखेपछि बहुमतको आधारमा धवलागिरी गाउँपालिकाले असार ९ गते मुनामा भएको एघारौ गाउँसभाबाट रु. ४८ करोड ४० लाख ९९ हजार ८२० को बजेट पारित गरेको छ । पुजिगततर्फ रु. १३ करोड ८७ लाख बिनियोजन गरेको धवलागिरीले सबैभन्दा बढी बिपद् ब्यवस्थापन मा रु. एक करोड २२ लाख र गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि रु. एक करोड बिनियोजन गरेको अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

नवौ गाउँसभाबाट रु. पचास करोड ४३ लाख ४९ हजार रुपैयाँको बजेट पारित गरेको मालिका गाउँपालिकाले चालुतर्फ रु. ७ करोड ८१ लाख, पुजिगत तर्फ रु. १३ करोड ४ लाख र शसर्त अनुदान तर्फ रु. १९ करोड २७ लाख बिनियोजन गरेको अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

दरबाङ बजार संरक्षणमा रु. एक करोड सहित विपद् ब्यवस्थापन शिर्षकमा सबैभन्दा बढी तीन करोड १२ लाख ३३ हजार, सडकमा रु. एक करोड ८५ लाख, साझेदारीमा सञ्चालन हुने कार्यक्रमलाई रु. दुई करोड ५० लाख, भवनमा २३ लाख ९० हजार, शिक्षामा रु. एक करोड ९ लाख ९० हजार, स्वास्थ्यमा रु. पचास लाख, खानेपानीमा रु. ४७ लाख ९९ हजार, खेलमैदानलाई रु. २२ लाख ५० हजार, कृषिलाई रु. ४८ लाख ३२ हजार, पर्यटनलाई रु. ३५ लाख, लघुउद्यमलाई रु. ३८ लाख बिनियोजन गरेको छ ।

सामाजिक सुरक्षा भत्ता बाहेक कुल रु. ४२ करोड १८ लाख २५ हजार बराबरको बजेट पारित गरेको मंगला गाउँपालिकाले चालुतर्फ रु. २१ करोड ५१ लख ९९ हजार र पुँजीगततर्फ रु. २० करोड ६६ लाख २६ हजार विनियोजन गरेको अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । सडक पुर्बाधारमा रु. १० करोड १८ लाख, सामाजिक विकासमा रु. तीन करोड ३० लाख, सिचाई तथा खानेपानीमा रु. ७१ लाख, साझेदारीमा सञ्चालन हुने योजनाका लागि समुपुरक कोषमा रु. दुई करोड ९ लाख, सहरी बिकासमा रु. दुई करोड एक लाख, कृषि र पशुपालनमा रु. ९९ लाख पचास हजार, कोरोना कोषमा रु. ४८ लाख, वातावरणमा रु. २८ लाख, स्वास्थ्यमा रु. ३७ लाख पचास हजार, पोषण सुधारका लागि रु. १३ लाख, खेल पुर्बाधारमा रु. ३४ लाख ५० हजार, विपद् ब्यवस्थापनमा रु. चार लाख ५० हजार, युवा तथा खेलकुदमा रु. ३६ लाख बिनियोजन गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...