धवलागिरीका ३० घर पहिरोको जोखिममा

Gandaki Pardesh notice

गोपाल आचार्य
ताकम । म्याग्दीको धवलागिरी गाउँपालिकाको विभिन्न ठाउँमा करिब ३० वटा घर पहिरोको जोखिममा परेका छन् ।

धवलागिरी गाउँपालिकाले ताकम प्रहरी चौकीका सुरक्षाकर्मी र युवाहरुको टोली परिचालन गरेर पहिरोको जोखिममा परेका बस्ती र घर पहिचान गरेको हो । वडा नम्बर २ को खोरीयामा १२ घर, वडा नम्बर ६ तल्लो कल्लेनीका १० घर, वडा नम्बर ५ मल्कवाङको ६ घर, वडा न. ७ मच्छिमका दुई घर पहिरोको जोखिममा रहेका ताकम प्रहरी चौकीले जनाएको छ ।

चौकीका प्रमुख यामबहादुर थापाले खोरियामा बस्ती माथि खनिएको सडकको माटो बगेर पहिरो बगेर जोखिम बनाएको हो । गत वर्षको पुरानो पहिरोले तल्लो कल्लेनीमा जोखिम छ । बस्ती मुनीको सडक बग्न थालेपछि मच्छिममा दुई घर जोखिममा परेका हुन् । मल्कवाङमा जनता आवास कार्यक्रम मार्फत निर्माणाधिन सहित छ वटा घर जोखिममा छन् ।

Shreekrishna hardwear in news

वडा कार्यालय रहेको सामुदायिक भवन र निर्माणाधिन स्वास्थ्य चौकीको भवन पनि पहिरोको जोखिममा परेको छ । यसैगरी वडा नम्बर २ को लुलाङ आधारभूत बिद्यालय परिसरमा निर्माण गरिएको ग्यावीयन पर्खाल पल्टिने खतरा देखिएको स्थलगत अध्ययनमा गएको टोलीले जनाएको छ । बिद्यालय भवन तल्लोपट्टि रहेका करिब दश वटा घरलाई जोखिम बनाएको पर्खाललाई पालले छोप्न लगाइएको छ ।

Bhautik ministry notice about road

जोखिममा परेका घरका सदस्यहरुलाई अन्यत्र रहेका गोठ र घरमा बस्न लगाइएको छ । बिद्यालय भवनमा राख्ने योजना भएपनि बिस्थापितले रुची देखाएनन् । बिस्थापितहरुलाई सुरक्षित ठाउँमा बसोबासका लागि त्रिपाल उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । थप क्षति हुन नदिनका लागि जोखिमयुक्त ठाउँका पहिचान र उनिहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न लागिएको उहाँले बताउनुभयो ।

२०७७ असार २५ र २६ गतेको पहिरोले धवलागिरीमा १९ जनाको मृत्यु र दुई जना बेपत्ता भएका थिए । ७१ वटा घर भत्किएका थिए । पालिका, प्रदेश र संघीय सरकारको साझेदारीमा ३९ वटा घर पुननिर्माण सुरु भएको छ । पहिलो चरणमा छनौट भएका ५५ मध्य १४ वटा घर म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले बनाएको छ । सम्झौता गरेका ३९ वटा घरका धनीलाई गाउँपालिकाले पचास हजार रुपैयाँका दरले अनुदान दिएको छ ।

मोनाले रु. पाँच÷पाँच लाख खर्चेर मराङमा १० वटा र धारापानीमा ४ वटा तीन÷तीन कोठे र शौचालय सहितको घर पुनःनिर्माण गरेको छ । गाउँपालिकाले पहिरो पिडितको घर पुननिर्माणका लागि समुदाय स्तरबाट जुटाएको करिब रु. १९ लाख बितरण गरेको छ ।

छुटेका १६ वटा लाभग्राहीको नाम थप गर्न प्राबिधिकको स्थलगत सर्वेक्षण प्रतिवेदन सहित जिल्ला बिपद् ब्यवस्थापन समितिलाई सिफारिस गरेको छ । तीन वटा घरले पुननिर्माण सकेर बस्न थालिसकेका छन् ।

पहिरोले भत्काएको एक वटा जनता आवास र एक वटा राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत पुननिर्माण हुदैछ । अन्यत्र पनि घर भएका एक जनालाई लाभग्राहीको सूचिबाट हटाइएको छ । गाउँपालिकाको दश, प्रदेशको तीस र संघको साठी प्रतिशत लागत साझेदारीमा निजी आवास पुननिर्माण भइरहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...