मोनाद्धारा स्वास्थ्य उपकरण सहयोग

Shreekrishna hardware

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियले म्याग्दीमा १० लिटरको २२ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ ।

स्वासप्रस्वासमा समस्या भएका कोरोना कोरोना तथा दिर्घरोगीको उपचारका लागि मोनाले संस्थागत र अन्य संघसंस्था मार्फत उपलब्ध भएको कन्सन्ट्रेटर बुधबार एक कार्यक्रमका बिच हस्तान्तरण गरेको हो ।

मोनाको सचिवालयमा आयोजित कार्यक्रममा मोनाले संस्थागत रूपमा स्थानीय तहलाई १२ थान, मोना अष्टे«लियाबाट बेनी अस्पताललाई ३ थान, राखु समाज अष्टे«लियाबाट भगवती र पिप्लेलाई २ थान, पुलाचौर–अष्टे«लिया समाजबाट पुलाचौर स्वास्थ्य चौकीलाई २ थान, झरना यूवा क्लव चिप्लेटी १ थान, टिम कोरियाबाट पात्लेखेतका लागि १ थान, साउदी तथा जापानबाट घतान स्वास्थ्य चौकीलाई १ थान हस्तान्तरण गरिएको मोनाका सचिव रमेश पौडेलले जानकारी दिनुभयो ।

Shreekrishna
Ban devision notice

कार्यक्रममा प्रजिअ गणेशबहादुर अधिकारीले बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ, रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी तथा स्वास्थ्य कार्यालयका प्रतिनिधिलाई उक्त सहयोग हस्तान्तरण गर्नुभएको थियो । प्रजिअ अधिकारीले म्याग्दीमा समुदायस्तरबाट हुने सहयोगले कोरोना रोकथाम तथा नियन्त्रण तथा विपद्मा धेरै सजिलो भएको बताउनुभयो ।

सोही अवसरमा बेनी नगरका मेयर हरिकुमार श्रेष्ठ, रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवाल, जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार राईले तेस्रो भेरियन्टको जोखिमलाई मध्यनजर गरी पूर्वतयारीमा उपकरणले सहज भएको बताउनुभएको थियो ।

मोनाका संरक्षक सुवास कुमार श्रेष्ठले स्वागत गरेको कार्यक्रममा मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले चिनबाट खरिद गरी ल्याउँदा केही ढिलाई भएको बताउनुभयो । उहाँले राष्ट्रिय समितिसँगको समन्वयमा खरिद गरिएको बताउँदै उक्त अभियानमा विभिन्न संस्थाले समेत मोनामार्फत हस्तान्तरण गरेकोमा आभार प्रकट गर्नुभएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा मोनाका उपाध्यक्ष सुर्जे भट्टचन, सहकोषाध्यक्ष महेन्द्र खड्का लगायतको उपस्थिती रहेको थियो । अक्सिजन कन्सन्ट्रेटरले वरपरको हावालाई फिल्टर गरेर त्यसबाट शुद्ध अक्सिजन बिरामीसम्म पुर्याउछ । हावामा भएका बिभिन्न ग्यासमध्ये अक्सिजन छुट्याउँछ र बिरामीलाई ९५ प्रतिशतसम्म शुद्ध अक्सिजन दिन्छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...