अन्तराष्ट्रिय गैरसरकारी संस्थाले सिधै कार्यक्रम सञ्चालन गर्न थालेकोमा आपत्ति

Gandaki Ghumau

बेनी । गैरसरकारी संस्था महासंघ, नेपाल जिल्ला शाखा म्याग्दीले अन्तराष्ट्रिय गैरसरकारी संस्था र दातृ निकायले समुदाय स्तरमा सिधै कार्यक्रम सञ्चालन गर्न थालेकोमा आपत्ति जनाएको छ ।

Gunasthariya Shiksya

महासंघका अध्यक्ष दिपक पौडेलले एक विज्ञप्ति जारी गरेर नेपालको संबिधान तथा समाज कल्याण परिषद्को ऐनमा भएको ब्यवस्था बिपरित अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले स्थानिय स्तरमा कार्यक्रम सञ्चालन गर्ने, कार्यालय बोर्ड नराख्ने जस्ता गतिबिधी गरेको जनाउनुभएको छ ।


म्याग्दी जिल्लामा कार्यरत र अब भित्रने सबै अन्तराष्ट्रिय गैससहरुलाई अनिवार्य रुपमा गैसस महासंघको कार्यक्रम सञ्चालन सिफारिस समेतमा स्थानीय गैसस मार्फत मात्र सञ्चालन गर्ने ब्यवस्था मिलाउन सरोकारवाला र रुपान्तरित हुन अन्तराष्ट्रिय गैससहरुलाई आग्रह गरिएको छ ।
अन्तराष्ट्रिय गैससहरुले आफ्ना गतिबिधी नसच्चाए आन्दोलनमा जाने गैसस महासंघ म्याग्दीले चेतावनी दिएको छ । कुन अन्तराष्ट्रिय गैससले यस्तो गतिबिधी गरेको हो भन्ने बिषयमा भने बिज्ञप्तिमा खुलाइएको छैन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...