बेपत्ता शिक्षक कार्कीको खोजी र दोषीलाई कारबाहीको माग

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । विभिन्न संघ, संगठनहरुले रहस्यमय रुपमा बेपत्ता बनाइनुभएका म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलाका शिक्षक भक्त कार्कीको खोजी, निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन् ।

बगुवाखोला स्थित बालगागृति आधारभूत बिद्यालयका प्रधानाध्यापक कार्की आइतबार साँझदेखि बेपत्ता हुनुहुन्छ । बिद्यालय नजिकै म्याग्दी नदीको किनारमा रगतका दाम, कार्कीले लगाउने हाफ ज्याकेट, चप्पल र मोवाइल फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

म्याग्दी स्थित नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकिकृत अखिल नेपाल शिक्षक संगठनले मंगलबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीलाई बेपत्ता कार्कीको खोजी, घटनाको निष्पक्ष छानबिन र दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

Shreekrishna

शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुबेदीको नेतृत्वमा शिक्षक संघ संगठनका प्रतिनिधीहरुले प्रशासनमा पुगेर ध्यानाकर्षण गराउनुभएको थियो । वौद्धिक अपाङ्गता स्रोत कक्षा सञ्चालन भएको बालजागृति आधारभूतका प्रअ कार्की साहित्यसँगै विभिन्नि सामाजिक संघ संस्थामा आवद्ध हुनुहुन्छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

यसैगरी म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुबलाल शर्मा, सुर्यनारायण पुरस्कार संस्थाका सचिब अजयमिलन श्रेष्ठ, पुलत्स्य साहित्य समाजका अध्यक्ष कृष्णबहादुर बानियाले मंगलबार संयुक्त बिज्ञप्ति जारी गर्दै बेपत्ता कार्कीको खोजी, घटनाको छानबिन र दोषीको कारबाहीको माग गर्नुभएको छ ।

पौलस्त्य साहित्य समाज, म्याग्दीका संस्थापक अध्यक्ष÷संरक्षक, म्याग्दी साहित्य समाजका सल्लाहकार कार्की जनसाहित्य मञ्च नेपालका केन्द्रिय सदस्य हुनुहुन्छ । मञ्चका अध्यक्ष राम बिनयले पनि मंगलबार एक बिज्ञप्ति जारी गरेर बेपत्ताको खोजी, घटनाको छानबिन र दोषीको कारबाहीको माग गर्नुभएको छ ।

कार्कीलाई बेपत्ता बनाएको अभियोगमा प्रहरीले बेनी नगरपालिका–५ चुत्रेनीका एक युवालाई कुश्माबाट पक्राउ गरेको छ । बिद्यालयमा कार्यरत अन्य दुई जना कर्मचारीसँग पनि प्रहरीले निरन्तर सोधपुछ गरिरहेको छ । पक्राउ परेका कसैको पनि नाम प्रहरीले सार्वजनिक गरेको छैन् ।
आइतबार बगुवाखोलामै देखिएका प्रहरीले पक्राउ परेका व्यक्ति घटनापछि हिडेरै कुश्मा पुगेका बताइएको छ । प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले अनुसन्धानकै क्रममा रहेकाले हत्या अथवा वेपत्ता भन्ने खुली नसकेको बताउनुभयो ।

“घटनास्थलको प्रकृति हेर्दा कर्तब्य ज्यान गरेको जस्तो देखिन्छ,” उहाँले भन्नुभयो “बेपत्ताको खोजीसँगै शंकास्पद व्यक्तिहरुसँग सोधपुछ र अनुसन्धानलाई निरन्तरता दिएका छौ ।” बेपत्ता कार्कीको खोजीमा शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको छ । नदी किनार र सम्भावित ठाउँमा निगरानी बढाइएको छ ।

कपडा भेटिएको ठाउँ नजिकै स्काभेरटले खोलाको बहाव फर्काएर पनि खोजी गरिएको थियो । आइतबार बिहान ८ बजे घरबाट बिद्यालय जान भनेर निस्कनुभएका कार्की साँझ घर नआएपछि परिवारले खोजी थालेका थिए ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...