बेनी–जोमसोम सडक सुचारु

Sinchai Khanipani notice

बेनी । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सोमबार साँझदेखि यातायात सुचारु भएको छ ।

म्याग्दीको काभ्रेभिर, रुप्सेखोला, भुरुङ्ग–तातोपानीको नागढुङ्गमा पहिरो र कटानका कारण जेठ अन्तिम हप्तादेखि ७६ किलामिटर दुरिको बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध बनेको थियो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्राबिधिक कर्मचारी, आयोजना अन्तरगतका ठेकेदार कम्पनीका उपकरण र मजदुर, सुरक्षाकर्मी र स्थानीयबासीहरुले पहिरो पन्छाएर तथा नदीले कटान गरेको ठाउँमा पर्खाल लगाएर सडक खुलाएका हुन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बर्षा रोकिएसँगै काभ्रेभिर, रुप्सेखोलाको पहिरो पन्छाउने र नागढुङ्गामा पर्खाल बनाएर बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन गरिएको जानकारी दिनुभयो ।

म्याग्दीको रघुगंगा गाउँपालिकाको चमेरेमा खसेको पहिरो आइतबारनै पन्छाइएको थियो । सडक खुलेपछि बीच बाटोमै रोकिएका सवारी साधन गन्तब्यतर्फ लागेका छन् । स्तरोन्नितिको क्रममा रहेको बेनी–जोमसोम सडक पहिरो र कटानले क्षति गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...