बेपत्ता बगुवाखोलाका कार्कीको हत्या आशंका

Gandaki Pardesh notice

बेनी । बेपत्ता रहेका म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलाका भक्त कार्कीको हत्या गरेर खोलामा फालिएको आशंका गरिएको छ ।

बगुवाखोला स्थित बालगागृति आधारभूत बिद्यालयका प्रधानाध्यापक समेत रहेका कार्की आइतबार साँझदेखि बेपत्ता हुनुहुन्छ । बिद्यालय नजिकै म्याग्दी नदीको किनारमा रगतका दाम, कार्कीले लगाउने हाफ ज्याकेट, चप्पर र मोवाइल फेला परेको छ ।

प्रहरीले बेनी नगरपालिका–५ चुत्रेनीका एक युवालाई कुश्माबाट पक्राउ गरेको छ । बिद्यालयमा कार्यरत अन्य दुई जना कर्मचारीसँग पनि प्रहरीले निरन्तर सोधपुछ गरिरहेको छ । पक्राउ परेका कसैको पनि नाम प्रहरीले सार्वजनिक गरेको छैन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

आइतबार बगुवाखोलामै देखिएका प्रहरीले पक्राउ परेका व्यक्ति घटनापछि हिडेरै कुश्मा पुगेका बताइएको छ । प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले अनुसन्धानकै क्रममा रहेकाले हत्या अथवा वेपत्ता भन्ने खुली नसकेको बताउनुभयो ।

“घटनास्थलको प्रकृति हेर्दा कर्तब्य ज्यान गरेको जस्तो देखिन्छ,” उहाँले भन्नुभयो “बेपत्ताको खोजीसँगै शंकास्पद व्यक्तिहरुसँग सोधपुछ र अनुसन्धानलाई निरन्तरता दिएका छौ ।” बेपत्ता कार्कीको खोजीमा शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको थियो ।

कपडा भेटिएको ठाउँ नजिकै स्काभेरटले खोलाको बहाव फर्काएर पनि खोजी गरिएको थियो । आइतबार बिहान ८ बजे घरबाट बिद्यालय जान भनेर निस्कनुभएका कार्की साँझ घर नआएपछि परिवारले खोजी थालेका थिए ।

वौद्धिक अपाङ्गता स्रोत कक्षा सञ्चालन भएको बालजागृति आधारभूतका प्रअ कार्की साहित्यसँगै विभिन्नि सामाजिक संघ संस्थामा आवद्ध हुनुहुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...