अन्नपूर्ण गाउँपालिकाको ४२ करोड ३० लाखको बजेट पारित

Gandaki Pardesh notice

पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको सोमबार पोखरेबगरमा सम्पन्न तेहै गाउँसभाले आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि रु. ४२ करोड ३० लाखको बजेट पारित गरेको छ ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष केशमाया मगरले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र बजेट पारित भएको हो । चालुतर्फ ३१ करोड १७ लाख २० हजार, पुँजीगत तर्फ ८ करोड ९९ लाख ८० हजार र कोषतर्फ दुई करोड १३ लाख रुपैयाँ बजेट बिनियोजन भएको उपाध्यक्ष मगरले बताउनुभयो ।

Shreekrishna hardwear in news

२३ करोड १८ लाख सशर्त अनुदान, संघीय सरकारको वित्तीय समानिकरण अनुदान ७ करोड ७ लाख, संघिय सरकारबाट आउने राजश्व बाँडफाँड ७ करोड २ लाख ४५ हजार, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान २२ लाख ७२ हजार, प्रदेश सरकार राजश्व बाँडफाँडबाट ५ लाख ३८ हजार, आन्तरिक आम्दानी ९० लाख ४० हजार र चालु आर्थिक बर्षमा खर्च हुन बाँकी एक करोड ९१ लाख ५ हजार रुपैयालाई बजेटको स्रोत मानिएको छ ।

कोरोना नियन्त्रण, विपद् ब्यवस्थापन, स्वास्थ्य, शिक्षा, पर्यटन, भौतिक पुर्वाधार, युवा तथा खेलकुद, कृषि, खानेपानी तथा सिँचाइ, शिक्षा, वन तथा बातावारण संरक्षणका क्षेत्रलाई बजेटमा प्राथमिकता दिएको अध्यक्ष पुनले बताउनुभयो ।

कोरोना नियन्त्रण, विपद् ब्यवस्थापन, स्वास्थ्य, शिक्षा, पर्यटन, भौतिक पुर्वाधार, युवा तथा खेलकुद, कृषि, खानेपानी तथा सिँचाइ, शिक्षा, वन तथा बातावारण संरक्षणका क्षेत्रलाई बजेटमा प्राथमिकता दिएको अध्यक्ष पुनले बताउनुभयो ।

आठ वटा वडाका बस्ती स्तरबाट प्राथमिकताको आधारमा छनौट भई वडाले सिफारिस गरेका योजना तथा कार्यक्रमलाई निति, कार्यक्रम र बजेटमा समावेश गरिएको उहाँले बताउनुभयो । वडा स्तरका आयोजनाका लागि पचास पचास लाख रुपैयाँ बिनियोजन गरेको छ ।

तीन लाख रुपैयाँ भन्दा कम बजेटका योजनाको सम्झौता वडामै गर्ने नीति लिएको अन्नपूर्ण गाउँपालिकाले बिद्यालय कर्मचारी र बालशिक्षा सहजकर्ताहरुलाई मासिक न्युनतम १५ हजार रुपैयाँ तलबको ब्यवस्था गर्न ६९ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

Bhautik ministry notice about road

सभाले आर्थिक र बिनियोजन बिधेयक पनि पारित गरेको छ । चालु आर्थिक वर्षमा ६८ लाख ४० हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्णले ११ महिनाको अवधीमा ३४ लाख ४० हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षको हालसम्म चालु र पुजिगत तर्फ ४९.१३ प्रतिशत खर्च भएको गाउँसभामा जानकारी गराइएको थियो । सडक आयोजनालाई एक करोड ७५ लाख, खानेपानी र सरसफाइमा ४४ लाख, भवन पुर्बाधारमा एक करोड १९ लाख, पर्यटन पुर्बाधारमा ३४ लाख, युवा तथा खेलकुदमा ६४ लाख, कृषिमा ४० लाख, पशु सेवामा ३५ लाख, सहकारीमा पाँच लाख, आयुर्वेदमा पाँच लाख, महिला तथा बालबालिकामा २५ लाख बिनियोजन गरेको छ ।

कर्मचारी प्रोत्साहन र पुरस्कारको लागि एक लाख पचास हजार, साझेदारीका कार्यक्रमका लागि समपुरक कोषमा ८० लाख बिनियोजन गरेको अन्नपूर्णले तोकिएको समय भन्दा अगावै कार्य सम्पन्न गर्ने, गुणस्तरीय र प्रभावकारी रुपमा कार्य सम्पन्न गर्ने उपभोक्ता समिति र निर्माण ब्यवसायीलाई पुरस्कार तथा सम्मान गर्ने नीति लिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्माले पारित भएको नीति तथा कार्यक्रम र बजेटलाई जतिसक्दो छिटो कार्यान्वयनमा लैजाने बताउनुभयो । चालु आर्थिक वर्षमा बाढी, पहिरो र कोरोनाको दोस्रो लहरको महामारीको जोखिम एवम् निषेधाज्ञाका कारण काम गर्न समस्या भएको उहाँको भनाई छ । गाउँसभा सदस्यहरु ओम फगामी, खमबहादुर गर्बुजा, बुद्धी पुन, याम पुन, बिरबहादुर पौडेल लगायत छलफलमा सहभागी हुनुभएको थियो ।

निर्माण सकिएका आयोजनाका उपभोक्ता समिति र निर्माण ब्यवसायीलाई भुक्तानी गर्न बाँकी रहेकाले असार मसान्तसम्म पुजिगत खर्च असी प्रतिशत भन्दा बढी हुने प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

गाउँसभा सुरु हुनुअघि सबै गाउँसभा सदस्यहरुको एन्टिजेन परिक्षण गरिएको थियो । परिक्षण गरिएका सबैको एन्टिजेन नतिजा नेगेटिभ आएको थियो । सभामा सहभागीहरुले पिपलको पातमा अक्षरले लेखिएको ब्याज लगाएका थिए ।

गाउँसभा भएको पालिकाको भवन परिसरमा हिस्तान औलाका उद्यमीले उत्पादन गरेका साबुन र दोवाका उद्यमीले तयार पारेका स्विटर प्रर्दशन गरेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...