बेनी–दरबाङ सडक खुलाउन कमाण्डरनै फिल्डमा उत्रिए

Sinchai Khanipani notice

बेनी । म्याग्दीको लाइफ लाइन मानिएको बेनी–दरबाङ सडकको पहिरो पन्छाएर यातायात सुचारु गराउन जनप्रतिनिधी, प्रशासक, सुरक्षा अधिकारी, सुरक्षाकर्मी र सर्वसाधारणले श्रमदान गरेका छन् ।

मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दुरीको बेनी–दरबाङ सडक यही असार १ गतेदेखि अवरुद्ध बनेको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतको पहिरो पन्छाएर यातायात सञ्चालन गर्न आइतबार जिल्लाका सरोकारवाला आफै श्रमदान गरेका हुन् ।

जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, प्रहरी नायब उपरिक्षक श्यामकुमार राइ, नेपाली सेनाको अर्थुंगे गुल्मका सेनानी र शसस्त्र प्रहरीको गलेश्वर आश्रित गुल्मका प्रहरी नायव उपरिक्षक हरिबहादुर गुरुंग नेतृत्वमा सुरक्षाकर्मीहरु सडक मर्मतका लागि फापरखेत पुगेका थिए ।

Shreekrishna hardwear in news
फापरखेतको पहिरोमा सडक मर्मत गरिदै । तस्बिर शिव शर्मा

प्रशासक र सुरक्षाकर्मीहरुलाई तातोपानी र बाबियाचौरका जनप्रतिनिधी र सर्वसाधारण पनि श्रमदानमा सहभागि भएका थिए । २२ जना नेपाल प्रहरी, १४ जना सेना र १३ जना शसस्त्र प्रहरीका साथै स्थानीयबासीले पहिरोले भत्काएको ठाउँमा ग्यावीयन पर्खाल बनाउन श्रमदान गरेका हुन् ।

Bhautik ministry notice about road

पुर्बाधार बिकास कार्यालय मार्फत सञ्चालित बेनी–दरवाङ सडक आयोजनाको ठेकेदार लामा–समानान्तर जेभीको दुई वटा स्काभेटर पनि सडक खुलाउन परिचालन भएको थियो । मंगला गाउँपालिकाको वडा नम्बर २ सिमको पहिरोमा पनि फापरखेतमा जसरी सुरक्षाकर्मी देखि स्थानीयबासीले श्रमदान गरेका छन् । पुर्बाधार बिकास कार्यालयले एक वटा स्काभेटर परिचालन गरेको छ ।

फापरखेतको घुमाउनेमा सडक मर्मत गरेर बेनी देखि सिम सम्म हलुका सवारी साधन आवत जावत गर्न मिल्ने बनाइएको प्रहरी नायव उपरिक्षक राइले बताउनुभयो । जिसस प्रमुख, प्रजिअ र सुरक्षा अधिकारीहरुले महत्वका साथ आफै उपस्थित भएर सडक खुलाउन प्रयास गर्नुभएको हो । यसअघि बेनी–दरबाङ सडक आयोजनाको दोस्रो प्याकेजको ठेकेदार बिरुवा क्याराभान जेभीले मालिका गाउँपालिकाको बाङ्गे पहिरोमा खसेको पहिरो पन्छाएर दरबाङ देखि तोराखेत सम्मको सडकमा यातायात सुचारु गराइएको थियो ।

यसैगरी बेनी–जोमसोम सडकको बेनी नगरपालिका–६ जलेश्वर, रघुगंगा गाउँपालिकाको चमेरे लगायत ठाउँमा खसेको पहिरो बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनीको स्काभेटर परिचालन गरेर हटाई साँझ बेनी देखि भुरुङ–तातोपानी सम्म यातायात सूचारु गराइएको छ । अन्नपूर्ण गाउँपालिकाको रुप्से र मुस्ताङको सिमाना काभ्रेभिरमा खसेको पहिरो पन्छाउने कार्य जारी छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...