अन्नपूर्णका बिपन्नलाई राहत

Gandaki Pardesh notice

सुरेन गुरुङ
पोखरेबगर, । कर्मा क्याग्यु एक्स एसोशियसन नेपालले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका विपन्न परिवारलाई खाद्यान्न बितरण गरेको छ ।

आठ वटै वडा कार्यालयको सिफारिसमा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण रोजगारी गुमेर समस्यामा परेका हरुलाई खाद्यान्न राहत उपलब्ध गराइएको हो ।

२२५ जनालाई पुग्ने गरी एक बोरा चामल, एक पोका नुन, एक पोका तेल, दुई÷दुई केजी दाल र चना बितरण गरिने गाउँपालिकाले जनाएको छ । साथै मास्क र स्यानीटाइजर पनि बितरण भएको छ । एक वटा वडाका २५ जनाका दरले खाद्यान्न उपलब्ध गराइने भएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन र पर्यटन ब्यवसायी रामचन्द्र अधिकारीको समन्वयमा राहत सामग्रीको ब्यवस्थापन गरिएको हो । खाद्यान्न राहत लिएर कर्मा क्याग्यु एक्स एसोशियसन नेपालका अध्यक्ष टिनी लामा सहित १० जनाको टोली पोखरेबगर आउनुभएको थियो ।

खाद्यान्न राहत सामग्री हस्तान्तरण कार्यक्रमको सञ्चालन गर्नुभएका अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्माले बिपद् र महामारीको अवस्थामा साथ दिने सहयोगी दाताहरुलाई धन्यवाद दिनुभयो ।

अध्यक्ष पुनले पनि राज्यको काममा सहयोग गरेकोमा संस्था र पदाधीकारीहरुलाई धन्यवाद दिनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...