काभ्रेभीरमा पहिरोले ट्रक पुरियो

Gandaki Pardesh notice

बेनी । बेनी–जोमसोम सडक अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा आइतबार दिउँसो एउटा ट्रक पहिरोले पुरिएको छ ।

मुस्ताङको जोमसोममा सामान पु¥याएर म्याग्दीतर्फ फर्किँदै गरेको ग १ क ३४९२ नम्बरको ट्रक गुडिरहेको अवस्थामा खसेको पहिरोले पुरिएर पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार हिलोमा फसेको ट्क निकाल्ने प्रयास गर्दा गर्दै माथिबाट खसेको पहिरोले परिएको थियो । चालक र सहचालक सकुशल छन् । यो ट्रक बेनीको न्यु मुक्तिनाथ हार्डवयर एण्ड सप्लायर्सको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सडक माथिबाट खसेको पहिरोले ट्रकको पूरै भाग पुरिएर क्षत विक्षत भएको छ । प्रहरीका अनुसार ट्रक अझै पहिराले पुरिएकै अवस्थामा रहेको छ ।

केहीदिन अघि अन्नपूर्ण गाउँपालिका—३ म्याग्दीको रुप्से झरनामा २ दिनसम्म एउटा स्कार्पियो जीप फसेको थियो । २ दिनसम्म पहिरोमा फसेको जिप तेश्रो दिनमा कालिगण्डकीमा खसेर बगाएको थियो ।

रुप्सेको सडक आइतबार खुलाइएको छ । भुरुङ–तातोपानीको नागढुङ्गामा कालीगण्डकीले सडक र तटबन्ध बगाएपछि अवरुद्ध छ । यसैगरी रघुगंगा गाउँपालिकाको चमेरेमा शनिबार राती खसेको पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...