कोरोना महामारीबाट प्रभावित सदस्यलाई बेनी बचतको छुट योजना

Sinchai Khanipani notice

बेनी । बेनी नगरपालिका–७ भिमसेनटोलमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरलाई मध्यजनर गर्दै छुट योजना ल्याएको छ ।

कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको सेयर सदस्यहरुलाई लक्षित गरेर चार वटा शिर्षकमा छुट योजना ल्याएको हो ।

चैत मसान्तसम्म नियमित साँवा र ब्याज भुक्तानी गरेका सदस्यहरुलाई निषेधाज्ञा अवधीमा बुझाउन बाँकी ऋणको किस्ता र ब्याज असार मसान्त सम्म बुझाएमा पाकेको ब्याजको पाँच प्रतिशत छुट दिने अध्यक्ष रमेश गिरीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

निषेधाज्ञा सुरु हुनु अघिनै भाका नाघेका कर्जाको साँवा र ब्याज असार मसान्त भित्र भुक्तान गर्न आएमा लागेको हर्जना रकममा सत प्रतिशत छुट दिने भएको छ । निषेधाज्ञा अवधिमा भाका नाघेका असार मसान्त सम्मको सम्पूर्ण ब्याज भुक्तान गरेर कर्जाको म्याद थप गरिदिन अनुरोध गरेमा कर्जाको म्याद छ महिना थप गर्ने अध्यक्ष गिरीले बताउनुभयो ।

कोरोनाका कारण ऋण लिएर ब्यापार, ब्यवसाय र अन्य गतिबिधिमा लगानी गरेका सेयर सदस्यहरुको आयस्रोत प्रभावित भएकाले सामाजिक उत्तरदायित्व अन्तरगत हर्जनामा छुट दिइएको हो । वि.स २०५७ मा स्थापना भएको सहकारीले गत वर्ष २०७६ चैत देखि असार महिनासम्म लकडाउन भएको अवधिको ब्याज वापत सात लाख रुपैयाँ भन्दा बढी छुट दिएको थियो ।

लकडाउन अवधिको ब्याज छुट दिने संस्थाको निर्णय अनुसार २२० जना सदस्यहरुले सात लाख २५ हजार रुपैयाँ बराबरको छुट सुबिधा पाएका थिए । यसैगरी सबै सेयर सदस्यहरुलाई एक लाख रुपैयाँ बराबरको कोरोना बिमा समेत गरिएकोे थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...