पछैमा रामायण पार्क निर्माणको तयारी

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ पछैमा रामायण पार्क (उद्यान) निर्माणको तयारी भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उद्यन मन्त्रालय र नगरपालिकाको साझेदारीमा निर्माण हुन लागेको रामायण पार्कको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा भएको छ । डिपिआर अनुसार पहिरो चरणमा रामायण पार्क निर्माणका बिषयमा शनिबार पछैमा सरोकारवालाहरुबीच छलफल भएको छ ।

प्रतिनिधी सभाका निवर्तमान सदस्य भुपेन्द्रबहादुर थापा, जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र केसी, नगर प्रमुख हरिकुमार श्रेष्ठको उपस्थितिमा स्थानीयबासी र सरोकारवालाहरुलाई पिडिआरको बारेमा जानकारी गराइएको हो ।

Shreekrishna hardwear in news

डिपिआर तयार र बजेटको ब्यवस्थापन भएकाले केही दिनमै ठेक्का आव्हान गरेर रामायण पार्क निर्माणको प्रक्रिया सुरु गर्न लागिएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । पहिलो चरणमा रामायणको मुक्र्ती, बगैचा, बिश्राम स्थल लगायतका पुर्बाधार तयार पारिने उहाँले बताउनुभयो ।

बजेटको उपलब्धता र आवश्यकताका आधारमा पुर्बाधार निर्माणलाई क्रमागत हिसाबले निरन्तरता दिइने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । पुलह पुलत्स्य क्षेत्रको १४ रोपनी जग्गा मध्य पहिलो चरणमा चार रोपनीमा रामायण पार्क बनाउन लागएको नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले बताउनुभयो ।

हालको मन्दिर, हवन कुण्ड, रावणको नाबी गाडेको ठाउँलाई यथावत राखेर पुर्बाधार बनाइने भएको छ । कुल २३ करोड रुपैयाँ लागत अनुमान गरिएको रावण पार्कलाई चालु आर्थिक वर्षमा पर्यटन मन्त्रालयले दुई करोड ११ लाख र नगरपालिकाले एक करोड १४ लाख बिनियोजन गरेका छन् ।

Bhautik ministry notice about road

धेरै प्राबिधिक काम भएको कारण ठेक्का प्रक्रियाबाट योजना कार्यान्वयन गर्न लागिएको उहाँले बताउनुभयो । पछैमा पौराणिक महत्व झल्कने किसिमको रावणको आकर्षक मुर्ति राख्ने, बगैचा निर्माण, गाबी गाडेको लगायत ठाउँको संरक्षणका लागि पुर्बाधार र दुई सय मिटर कालोपत्रे गर्ने योजना छ ।

बि.स. २०६६ मा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोदकुमार श्रेष्ठ लगायतले म्याग्दी भित्र्ने पर्यटकको बसाई लम्बाउन र मुक्तिनाथ जाने आउने धार्मिक पर्यटकलाई लक्षित गरेर बेनीमा रामायण पार्क बनाउने योजनाको परिकल्पना गर्नुभएको थियो । दुई वर्षभित्र योजना निर्माण सक्ने लक्ष्य राखिएको छ ।

२०७४ देखिनै बजेट बिनियोजन गरेपनि ठाउँ छनौट हुन नसक्नु र स्रोतको अभावमा रोकिएको रामयण पार्कको योजनालाई नगरपालिकाको गौरबको आयोजनाको रुपमा कार्यान्वयनमा लैजान लागेको नगर कार्यपालिकाको भौतिक पुर्बाधार बिकास समितिका संयोजक कृष्णकुमार बिश्वकर्माले बताउनुभयो ।

उहाँले आँपरुख र राममन्दिर क्षेत्रमा पनि रामायण पार्क अन्तरगत केही पुर्बाधार बनाउने योजना रहेको बताउनुभयो । निवर्तमान सांसद भुपेन्द्रबहादुर थापाले म्याग्दीको रामायण पार्क म्याग्दीको गौरवको योजना मात्र नभएर पैराणिक महत्वको उजागर र धार्मिक पर्यटन बिकासमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले स्तरोन्नतिको क्रममा रहेको अर्थुङ्गे–पुलाचौर र पुलाचौर–पूर्णगाउँ सडक आयोजनालाई प्रभावकारी बनाउन सकेमा रामायण पार्क जाने आउने पर्यटकलाई सुबिधा हुने बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र कटुवालले गलेश्वर, पछै, गजन्नाथ र टोड्केलाई जोडेर नयाँ गन्तब्य स्थलको रुपमा बिकास गर्नुपर्ने बताउनुभयो ।

पुलह पुलस्त्य क्षेत्र बिकास कोषका अध्यक्ष लीलाबहादुर बानिया, गलेश्वर शिवालय क्षेत्र बिकास कोषका सदस्य सचिब माधवप्रसाद रेग्मी, स्थानीयबासी कर्णबहादुर बानिया, भिमबहादुर बानिया लगायतले पछैमा रामायण पार्क बन्न लागेकोमा खुसी व्यक्त गर्नुभयो । छलफलमा सहभागीहरुले पौराणिक प्रमाणलाई यथावत राखेर पार्क बनाउन सुझाव दिएका थिए ।

हिन्दु धर्मग्रन्थ भागवत रामायणको पाँचौ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको रामायणमा ब्याख्या गरिएको छ । रावणको जन्मस्थल पछै भएको पुष्टि गर्न र पुर्बाधार बनाउन सकेमा दक्षिण भारतका तिर्थयात्री भित्र्याउन सकिने सम्भावना छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...