भुरुङ्ग–तातोपानीको सिगारेढुङ्गा देखि मान्द्रेढुङ्गा जोड्ने पदमार्ग निर्माण

Gandaki Pardesh notice

मान्द्रेढुङ्गा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीको सिंगारेढुङ्गा देखि मान्द्रेढुङ्गा जोड्ने पदमार्ग निर्माण भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत अन्नपूर्ण गाउँपालिकाको रु. सात लाख सहयोगमा बेरोजगार युवाहरुलाई परिचालन गरेर पदमार्ग निर्माण भएको हो ।

उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर गर्बुजाले १४ जना युवाहरुले एक महिनासम्म श्रम गरेर दुई किलोमिटर पदमार्ग बनाएको बताउनुभयो ।

Shreekrishna hardwear in news

पदमार्ग निर्माण भएपछि मान्द्रेढुङ्गा र ठुलोबगरका करिब डेढ सय घरधुरीलाई आवत जावत गर्न सहज भएको छ ।

Bhautik ministry notice about road

मान्द्रढुङ्गाका बासिन्दालाइ ठुलोबगर हुदै गाउँपालिकाको केन्द्र पोखरेबगर र ठुलोबगरका बासिन्दालाई वडा कार्यालय भएको मान्द्रेढुङ्गा आवत जावत गर्न सुबिधा पुगेको वडा अध्यक्ष ओम फगामीले बताउनुभयो ।

उहाँले यो गाउँपालिकाको केन्द्र पोखरेबगर र वडा कार्यालय भएको मान्द्रेढुङ्गा आवत जावत गर्न छोटो दुरिको पैदलमार्ग हुने बताउनुभयो ।

भिरको उकालो बाटोमा ढुङ्गाको सिढी चिनेर पदमार्ग बनाएका छन् । पदमार्ग बनेपछि सुरक्षित रुपमा आवत जावत गर्न पाएका छन् ।

अर्को वर्ष सिगारेढुङ्गा देखि नागढुङ्गा तर्फ जोड्ने पदमार्ग बनाएर योजनालाई पुर्णता दिने योजना रहेको वडा अध्यक्ष फगामीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...