कोरोना महामारीमा जन्मिएको जलजला क्रियटिभ युथ ग्रुप विपद् ब्यवस्थापनमा जुट्यो

Add Samajik bikash office

बेनी । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको किराखोरका पहिरो पिडितको अस्थाई बसोबासका लागि टहरा निर्माण गरिएको छ ।

पहिरोका कारण घर भत्किएका र जोखिम भएर बस्न नमिल्ने ३० घर परिवारका लागि जलजला क्रियटिभ युथ ग्रुपले जनप्रतिनिधी र स्थानीयबासीहरुको समन्वय तथा सहभागितामा टहरा निर्माण गरेका हुन् ।

थप क्षति हुन नदिनका लागि जोखिममा परेका घरका मानिसहरुलाई अस्थाई टहरा बनाएर अस्थाई बसोबासको मिलाएको ग्रुपका नबिन जिसीले बताउनुभयो । २० जना क्षमताको टहरा बनाउनुका साथै १०० जनाका लागि चामल, दाल, नुन, तेल लगायत खाद्यान्न समेत उपलब्ध गराइएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road


समुहका सदस्य राजु आचार्य र मनोहर आचार्यको संयोजनमा राम खत्री, पूर्ण बरुवाल, कुशल जिसी, कमलबिक्रम खत्री, सुवास जिसी, महेन्द्र आचार्य सहित जनप्रतिनिधी र स्थानीयबासीहरुले टहरा बनाउन श्रमदान गर्नुभएको थियो ।

किराखोरमा तीन वटा घर पहिरोले भत्किएका छन् । कोरोनाको दोस्रो लहर फैलिएपछि वारीबेनीमा सचिवालय बनाएर जलजला गाउँपालिकाका ९ वटै वडाका युवाहरुलाई समेटेर स्वमसेवाका लागि बनाइएको समूहले पहिरोको बिपद्मा पनि आफ्नो सेवालाई निरन्तरता दिएका छन् ।

कोरोना संक्रमित र अन्य गरी तीन सय जनालाई उद्दार गरी अस्पताल, स्वास्थ्य संस्था, आइसोलेशन पु¥याएको समूहले एक लाख रुपैयाँ भन्दा बढी मूल्यको औषधी निशूल्क बितरण गरेको छ ।

समूहले निषेधाज्ञाका कारण यातायातका साधन नचलेर अस्पताल तथा औषधी पसल सम्म पुग्न समस्यामा परेकाहरुलाई घरमै औषधी पुराएका थिए । यसैगरी बिउबिजन समेत पु¥याउने काम गरेर कृषकलाई सघाएका थिए ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...