कोरियाबाट विनोद कुँवरले म्याग्दीमा स्वास्थ्य साम्रागी सहयोग

Gandaki Ghumau

बेनी, कोरोना रोकथाम, नियन्त्रण तथा फ्रन्टलाइनमा खटिएकालाई दक्षिण कोरियामा रहेका एक म्याग्देलीले स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । लामो समयदेखि कोरियामा ब्यवसायसँगै सामाजिक संघसंस्थामा आवद्ध बेनी नगरपालिका–५,चुत्रेनीका विनोद कुँवरले ५ हजार ५ हजार के–९५ मास्क, सर्जिकल मास्क र ५० थान अक्सिमिटर सहयोग गर्नुभएको हो । सहयोगदाता कुँवरको तर्फबाट बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले पत्रकार महासंघ म्याग्दीलाई १ सय थान के–९५ मास्क, २ सय पिस सर्जिकल मास्क र ५ वटा अक्सिमिटर महासंघका सचिव सन्तोष गौतमलाई हस्तान्तरण गर्नुभएको छ ।

Gunasthariya Shiksya


सहयोगदाता कुँवरले नेपालमा कोरोनाको महामारीले दुख परेको बेलामा केही सहयोग पठाउने प्रयास गरेको बताउनुभयो ।उहाँले उक्त अभियानमा कोरीयास्थीत नेपाली दुतावास, एनआरएनए कोरियाको समन्वयमा पठाइएको बताउनुभयो । मोना अन्तराष्ट्रियका पूर्व अध्यक्ष, एनआरएनए दक्षिण कोरियाका पूर्व अध्यक्ष, एनआरएनए आइसीसी सहित दर्जनभन्दा बढी संघसंस्थामा आवद्ध कुँवरले गतबर्ष कोरोनकै कारण दक्षिण कोरियामा अलपत्र परेका नेपालीको उद्धारमा समेत खटिनुभएको थियो भने यसअगाडी बेनी अस्पतालको अक्सिजन बैंकलाई पाँच सिलिण्डर सहयोग समेत उपलब्ध गराउनुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...