मोना कतारद्धारा स्वास्थ्य उपकरण सहयोग

Sinchai Khanipani notice

बेनी, कतारमा रहेका म्याग्देलीहरुले जिल्लाका छ वटै स्थानीय तहलाई स्वास्थ्य उपकरण सहयोग गरेको छ ।

कतारमा रहेका म्याग्देलीहरु आवद्ध प्रवासी नेपाली म्याग्देली संघ (मोना)ले आर्थिक सहयोग जुटाएर जन्मथलोका कोरोना (भाइरस)का संक्रमित लगायत अन्य बिरामीको उपचारमा सहयोग पुग्ने उपकरण सहयोग गरेका हुन् ।

Bhautik ministry notice about road

४० लिटर क्षमताको ६ वटा अक्सिजन सिलिण्डर र ६ थान अक्सिजन फ्लोमिटर मंगलबार बेनी स्थित मोनाको सचिवालयमा स्थानीय तहका पदाधीकारीहरुलाई हस्तान्तरण गरिएको हो । मोना कतारका पुर्ब अध्यक्ष रमेश पौडेलले रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी र बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुबेदीलाई सामग्री हस्तान्तरण गर्नुभएको छ ।

Shreekrishna hardwear in news

अन्नपूर्ण, मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई पनि सामग्री उपलब्ध गराउने मोना कतारका पुर्ब सहकोषाध्यक्ष महेन्द्र बोहोराले बताउनुभयो । ‘गृह जिल्लामा अक्सिजन लगायतका अति आवश्यक सामाग्रीहरू पठाऔँ, बिरामी तथा आफन्तको उद्धार गरी ज्यान बचाऔ’ भन्ने नाराका साथ मोना कतारले करिब रु. ४ लाख नेपाली संकलन गरेको थियो ।

अभियानमार्फत संकलन गरिएको रकम मध्य मोना अन्तराष्ट्रिय कार्यसमितिले म्याग्दीमा प्रदान गर्ने अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि रु. १ लाख सहयोग गरिएको अध्यक्ष नरेन्द्र फगामीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...