जलजलाको तमिलाखर्क पहिरोको उच्च जोखिममा

Gandaki Pardesh notice

मल्लाज । पर्वतको जलजला गाउँपालिका २ तमिलाखर्कमा लगातारको वर्षातका कारण पहिरोको उच्च जोखिममा परेको छ ।

भूमिगत पहिरो केही दिनदेखिको बर्षातसँगै सक्रीय भएर बस्तीका घरनजिकै पुगेको छ । स्थानीय रामबहादुर कार्कीले पहिरोबाट १६ घर परिवार जोखिममा परेको बताउनुभयो ।

सडक र प्रशारण लाइन निर्माणमा भएको लापरबाहीका कारण तमिलाखर्कको बस्ती पहिरोको जोखिममा परेको स्थानीयको भनाई छ ।

Shreekrishna hardwear in news

बस्तीमुनी नेपाल बिद्युत प्राधिकरणले दाना–कुश्मा प्रशारण लाइनको टावर संरक्षणका लागि पर्खाल बनाउन जमिन खनिएको थियो ।

Bhautik ministry notice about road

त्यो ठाउँमा ठेकेदारले महिनौसम्म पर्खाल नबनाएकाले पहिरोको जोखिम बढेको स्थानीय कृष्ण केसीले बताउनुभयो । स्थानीयबासीले टावरसँगै बस्ती संरक्षणका लागि पर्खाल निर्माण गर्न माग गरेका छन् ।

प्रशारण लाइनको कार्यालयमा निवेदन पेश गरेपनि बेवास्ता गरेको गुनासो गरेका छन् । वारीबेनी–वगरफाट–गौरेटे, विमिराबोट ८ मिटर नालि सहितको सडकको नालीको भल पनि सुरक्षित रुपमा ब्यवस्थापन भएको छैन् ।

बस्ती मुनी भिरालो छाँगा बनाएर सडक फराकिलो बनाएको छ । तर ग्यावीयन जाली लगाएको छैन् । सडकको लापरबाहीले प्रशारण लाइनको टावर पनि जोखिममा परेको छ ।

सडकका कारण उत्पन्न पहिरो नियन्त्रण गर्न सडक डिभिजन कार्यालय बागलुङका प्रमुख रामेश्वर लम्साललाई स्थानीयले ध्यानाकर्षणपत्र बुझाएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...