पहिरोले तल्लो डडुवामा एक घर भत्कियो, अस्पतालचोकमा बाढी, नदीमा बाढीको सतह बढ्यो

Sinchai Khanipani notice

बेनी । केहीदिनदेखिको निरन्तरको बर्षाका कारण म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो डडुवा (कुकुर बिसौना)मा मंगलबार एक वटा घर भत्किएको छ ।

कृष्णबहादुर दर्जीको ढुंगा, माटो र काठले बनेको दुई तले घर पहिरोले भत्किएको हो । घर भत्किएपछि दर्जीका १६ जनाको परिवारलाई आफन्तकोमा सारिएको स्थानीय नेत्रराज सुबेदीले जानकारी दिनुभयो ।

मंगला युवा क्लव तल्लो डडुवा र परिवर्तनशिल आमा समुहको टोलीले घरभित्र रहेका सामान सार्न सहयोग गर्नुभएको थियो । घर तल खनिएको सडकका कारण जमिन लच्किएर पहिरो गएको हो । पहिरो रोक्न दुई थान जाली भरिएको थियो । पालिकाले दिएको त्रिपालले पहिरो छोप्न नपाउँदै पिढी भत्किएको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसैगरी बर्खासँगै जामुनाखर्कको पाखोबाट बेनीको अस्पताल चोकमा बाढी आएको छ । बाढीले बसपार्क र अस्पचालचोकलाई हिलाम्मे बनाएको छ । अस्पताल चोक हुदै जामुनाखर्क जोड्ने सडक निर्माण भएपछि त्यहाँ पछिल्लो तीन वर्षयता बाढी आएर क्षति पुराएको छ ।

निरन्तरको बर्षासँगैको पहिरोले म्याग्दीका सबै सडक अवरुद्ध बनेका छन् । कालीगण्डकी, म्याग्दी र राहुघाट लगायत नदीहरुमा बाढीको सतह बढेको छ । नदकिो बाढीले खतराको तह नाघेको छ । तटीय र जोखिमयुक्त ठाउँका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...