म्याग्दीमा १० जनामा कोरोना संक्रमण

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा मंगलबार पछिल्लो २४ घण्टामा १० जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पिसिआर परिक्षणबाट ४ र एन्टिजेन परिक्षणबाट ६ जनामा कोरोना पुष्टि भएको हो ।

Bhautik ministry notice about road

अन्नपूर्ण गाउँपालिकाका तीन जनामा पिसिआर र दुई जनामा एन्टिजेन परिक्षणबाट कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ । बेनी नगरपालिकाका एक, रघुगंगाका एक, मंगलाका तीन जना रहेका छन् ।

Shreekrishna hardwear in news

योसँगै म्याग्दीमा कुल कोरोना संक्रमितको संख्या दुई हजार २७१ जना पुगेको कार्यालयका सूचना अधिकारी गणेश सुबेदीले बताउनुभयो । हाल जिल्लामा सक्रीय संक्रमितको संख्या २०८ जना छन् । मंगलबार १६ जना संक्रमितले कोरोना जितेर आइसोलेशनमुक्त भएका छन् ।

म्याग्दीबाट संकलन गरेर पठाइएको ३१ वटा स्वाब नमुनाको नतिजा आउन बाँकी छ । पछिल्लो समय म्याग्दीमा कोरोनाका संक्रमति घटेका छन् । कोरोना नियन्त्रण गर्न गत बैशाख २२ गतेदेखि सुरु भएको निषेधाज्ञा असार ७ गतेसम्म लम्बाइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...