म्याग्दीका मुख्य सडकमा यातायात ठप्प, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Sinchai Khanipani notice

बेनी । निरन्तरको बर्षासँगै कारण म्याग्दीका मुख्य सडकमा यातायात सेवा ठप्प बनेका छन् ।

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी, बेनी–जोमसोम र म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक पहिरोका कारण अवरुद्ध बनेको हो ।

पर्वतको सहश्रधारामा पहिरो खसेपछि काठमाडौ–पोखरा हुदै म्याग्दी भित्र्ने र बाहिरिने सवारी साधनको आवत जावत बन्द भएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेत र मालिका गाउँपालिकाको बाङ्गेपहिरोमा खसेको पहिरोले २४ किलोमिटर दुरीको बेनी–दरबाङ सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Shreekrishna hardwear in news

प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरामा खसेको पहिरोका कारण ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्क बिच्छेद भएको बताउनुभयो ।

Bhautik ministry notice about road

मालिका गाउँपालिकाको देबिस्थान जोड्ने सडकबाट खसेको पहिरोले दरबाङ देखि धारापानी ताकम हुदै धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकमा यातायात अवरुद्ध बनेको छ । बेनी–पाखापानी लगायत जिल्लाका अन्य सहायक सडकहरुमा पनि पहिरो, हिलो र कटानका कारण आवत जावत प्रभावित भएको छ ।

यातायात सेवा अवरुद्ध हुँदा बिरामीलाई अस्पताल पु¥याउन समस्या भएको छ । ग्रामिण क्षेत्रमा निर्माण र दैनिक उपभोग्य सामग्रीको ढुवानी प्रभावित भएको छ । कृषकले उत्पादन गरेको दूध, तरकारी लगायत कृषिजन्य बस्तु बजार पु¥याउन समस्या भएको छ ।

स्थानीय प्रहरी चौकीका सुरक्षाकर्मी, पुर्बाधार बिकास कार्यालय, बेनी–जोमसोम–कोरला सडक आयोजना र नगर तथा गाउँपालिकाहरुले उपकरण परिचालन गरेर सडक खुलाउन प्रयास गरिएको प्रनाउ राइले बताउनुभयो । बर्षापछि कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा आएको बाढीले सतह बढेको छ ।

म्याग्दी नदीको किनारमा अवस्थित मालिका गाउँपालिकाको केन्द्र दरबाङ र कालीगण्डकी नदीको किनारमा रहेको अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग तातोपानी बजार कटानको उच्च जोखिममा परेका छन् ।

दरबाङ र भुरुङ्ग तातोपानीमा नदी नियन्त्रणका लागि सञ्चालित पक्कि पर्खाल निर्माण योजना बाढी आएपछि प्रभावित भएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको पखेरमा निर्माणाधिन मोटरेबल पुलका निर्माण सामग्री म्याग्दी नदीमा आएको बाढीले बगाएर क्षति पु¥याएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...