प्रवासीले बनाए पहिरो पिडितका ४० घर

Gandaki Kotihome

बेनी । प्रवासीहरुले म्याग्दीका पहिरो पिडितहरुको लागि ४० वटा आवास पुनःनिर्माण गरेका छन् ।

रोजगारी, अध्ययन, ब्यापार, ब्यवसाय लगायत बिभिन्न कामको शिलशिलामा बिदेशिएका म्याग्देलीहरु आवद्ध म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले पहिरो पिडितको आवास पुननिर्माण गरेको हो ।

मोनाको पुर्नवास कार्यदलका सदस्य दल शेरबुजाले पुननिर्माण भएका ४० वटा घर स्थानीय तह र प्रशासन मार्फत पिडितलाई उपलब्ध गराउने बताउनुभयो । “मोनालाई जिम्मेवारी दिइएको घर पुननिर्माण सकिएको छ,” उहाँले भन्नुभयो “निर्माण सकिएका घरमा केही पिडित सरिसकेका छन् ।”

Upper Myagdi transmition line notice

विश्वका विभिन्न देशमा रहेका म्याग्देलीहरुले आर्थिक संकलन गरेर पहिरो पिडितको घर बनाएका हुन् । सम्बन्धित पालिका र जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेका पिडितको घर पुनःनिर्माणका लागि छनौट गरिएको थियो ।

Annapurna aarohan ko notice

मोनाले प्रतिघर पुननिर्माणका लागि रु. पाँच लाख खर्च गरेको छ । पहिरो पिडितको आवास पुननिर्माणका लागि मोनाले रु. दुई करोड रुपैया जुटाएको थियो । धवलागिरी गाउँपालिकामा १४, मालिकामा १०, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा ४÷४ वटा घर निर्माण भएको छ । एक वटा भान्छाकोठा सहित तीन कोठे घर भूकम्प प्रतिरोधी क्षमताको हो ।
प्रवासी, स्थानीय प्रशासन र पालिकाहरुसँग घर पुननिर्माणका लागि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले संयोजन गरेको छ । पहिरोबाट अति प्रभावित धवलागिरी गाउँपालिकाको मराङ र मालिका गाउँपालिकाको बिममा एकिकृत बस्तीको अवधारणा अनुसार निजी आवास पुननिर्माण भएको छ ।

बिममा बिम–मालिका संघले रु. २० लाखमा खरिद गरेको जग्गामा मोनाले १० वटा घर निर्माण गरेको वडा अध्यक्ष रेशम जुग्जालीले बताउनुभयो । उहाँले बिमका अन्य पिडितहरुले पनि आफै घर निर्माण गरिसकेका बताउनुभयो ।

समुदाय स्तरबाट आर्थिक स्रोत जुटाएर रु. ३८ लाख ५० हजारमा मराङको राम्चेमा १६ र अस्कारेमा १२ रोपनी जग्गा खरिद गरिएको थियो । वडा अध्यक्ष राजाराम सुबेदीले राम्चेमा थप ६ र आस्कामा ४ वटा घर निर्माण सकिएको बताउनुभयो ।

गत बर्खामा म्याग्दीमा पहिरोका कारण ३१ जनाको मृत्यु र ६ जना बेपत्ता भएका थिए । ८१ वटा बस्तिमा पहिरोका कारण क्षति भएका २४७ र जोखिममा परेका ८२१ घर स्थानान्तरणका लागि सिफारिस गरिएको थियो ।

पहिरोबाट भत्किएको, बगेको र पुरिएको घर पुननिर्माण गर्न रु. ५ लाखका दरले अनुदान उपलब्ध गराउन गत माघमा कार्यबिधी स्विकृत भएको थियो । गृह मन्त्रालयले पहिरो पिडितको घर पुननिर्माणका लागि गत बैशाख अन्तिम साता रु. एक करोड आठ लाख पठाएको थियो ।
मोनाले बनाएका बाहेकका घर पुननिर्माण गर्नेलाई अनुदान उपलब्ध गराउन रु. दश करोड ३५ लाख बजेट आवश्यक पर्छ । संघ, प्रदेश सरकार र स्थानीय तहको अनुदानमा बन्ने घर पुननिर्माणले पनि तिब्रता पाएको धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...