बिद्याज्योतीका पुर्ब बिद्यार्थीद्धारा जलजला गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

Sinchai Khanipani notice

लामाखेत । पर्वतको जलजला गाउँपालिकालाई मल्लाजमा रहेको बिद्याज्योती माबीका पुर्ब बिद्यार्थीहरुले सोमबार स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

बिद्याज्योती माबीबाट बि.स. २०६४ मा एसएलसी परिक्षामा सहभागी भएका ३० जना बिद्यार्थीहरुले स्वास्थ्य सामग्रीका कारण निषेधाज्ञाका कारण रोजिरोटी गुमाएकालाई दश हजार रुपैयाँ बराबरको खाद्यान्न र समुदाय स्तरमा दश हजार थान मास्क बितरण गरेका छन् ।

Bhautik ministry notice about road

बिद्यालयका प्रअ रघुनाथ आचार्य सहित ब्याच २०६४ का बिद्यार्थीहरुको समूहले गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, सामाजिक बिकास अधिकृत लिलाधर सुबेदी र स्वास्थ्य शाखा संयोजक राजु बोरोहालाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

आठ बोत्तल सेनीटाइजर, १७ सेट पिपिई, १६ सेट अक्सिमिटर, एन ९५ मास्क ७५ थान, ३९ थान फेसशिल्ड, ३८ थान पिपिइ जुत्ता उपलब्ध गराएका हुन् । अध्यक्ष मल्लले बिद्याज्योतीका पुर्ब बिद्यार्थी लगायत कोरोनाको संकटसँग जुध्न र महामारी नियन्त्रणमा गाउँपालिकालाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...