खुकुलो बनाएर म्याग्दीमा छैटौ पटक निषेधाज्ञा थपियो

Gandaki Pardesh notice

बेनी । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि म्याग्दीमा गरिएको निषेधाज्ञा छैठौ पटक एक हप्ता लम्बाइएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को सिफारिसमा सुरक्षा समितिको सोमबारको बैठकले असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । पाँचौ पटक जेठ २५ गतेदेखि थपिएको निषेधाज्ञा सोमबार राती १२ बजेदेखि सकिदै छ ।

यसअघि पहिलो पटक गत बैशाख २२ देखि ३० गतेसम्म, दोस्रो पटक बैशाख ३१ देखि जेठ १० गतेसम्म, तेस्रो पटक जेठ १० देखि १७ र चौथो पटक जेठ १८ देखि २४ गतेसम्म निषेधाज्ञा गरिएको थियो । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले संक्रमण दर घटेपनि जोखिम कामयै भएकाले केही खुकुलो हुने गरि निषेधाज्ञा थपिएको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रशासनले निषेधाज्ञा पालनाका लागि १५ बुदे आदेश जारी गरेको छ । बैंक, बित्तिय संस्था एवं सहकारीहरुको अत्यावश्यक सेवा बिहान ८ देखि १२ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न दिएको छ । कर्जा असुली एवं लगानीका लागि घर÷गाउँ जाने तथा समुह भेला÷बैठक जस्ता कार्य गराउन रोक लगाइएको छ ।

खाद्यान्न तथा तरकारी, कृषि औजार, विउविजन, हार्डवयर, पुस्तक तथा स्टेशनरी, ग्यास पसल सञ्चालनका लागि विहान ५ बजेदखि १० बजेको समय तोकिएको छ । सवारीसाधनले विरामी बाहेक यात्रुहरु बोक्न पाउने छैनन् ।

म्याग्दीमा सोमबारसम्म कोरोना संक्रमितको संख्या दुई हजार २६१ जना पुगेका छन् । हाल जिल्लामा १८२ जना संक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । सोमबार बेनी नगरपालिकाका २, अन्नपूर्णका एक र मंगला गाउँपालिकाका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा ३० जना निको भएर आइसोलेशनमुक्त भएका छन् । म्याग्दीबाट संकलन गरेर पठाइएको २४ वटा नमुनाको नतिजा आउन बाँकी छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...