बेनी–जोमसोम सडक अवरुद्ध

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्सेको हिलोमा ट्रक फसेपछि बेनी–जोमसोम सडक आइतबार साँझदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ ।

मुस्ताङबाट बेनी तर्फ आउँदै गरेको ग २ ख १८९ नम्बरको खाली ट्रक रुप्से खण्डको हिलो सडकमा फसेपछि अन्य सवारी साधन आवत जावत रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Bhautik ministry notice about road

इलाका प्रहरी कार्यालय दानाबाट खटिएको प्रहरीले बेनी–जोमसोम–कोरला सडक आयोजनाका ठेकेदारका उपकरण परिचालन गरेर सडक खुलाउने प्रयास गरेको छ । सडक नखुल्दा सम्मका लागि बेनी–जोमसोम सडकमा चल्ने सवारी साधनलाई सुरक्षित स्थानमा होल्ड हुन प्रहरीले आग्रह गरेको छ ।

Shreekrishna hardwear in news

म्याग्दीको उत्तरी क्षेत्र हुँदे मुस्ताङ जिल्ला जोड्ने ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक स्तरोन्नतिको क्रममा छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...