अन्नपूर्णका कृषकलाई माछाका भुरा बितरण

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषकहरुलाई माछाका भूरा बितरण गरेको छ । पशु सेवा शाखाको बार्षिक स्विकृत कार्यक्रम अनुसार २२ जना कृषकहरुलाई २५ हजार भुरा बितरण गरेको हो ।

Bhautik ministry notice about road

पोखराबाट ल्याएर कमन र ग्रास कार्प जातको माछाको भूरा बितरण गरेको पशु सेवा शाखाका संयोजक प्रकाश घर्ति क्षेत्रीले जानकारी दिनुभयो । पोखरेबगरमा गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, उपाध्यक्ष केशमाया मगर र प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले कृषकलाई भुरा बितरण गर्नुभएको थियो ।

ब्यवसायिक माछापालन बिस्तार र कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले माछाको भुरा बितरण गरिएको हो । बिशेष गरी अन्नपूर्णको भुरुङ तातोपानी, नारच्याङ, दाना र घारका कृषकले माछापालन गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...