म्याग्दीमा एन्टिजेन परिक्षणको दायरा बढाइयो

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा कोरोना भाइरसका संक्रमण पहिचानका लागि गाउँ गाउँमा एन्टिजेन बिधिबाट परिक्षणको दायरा बढाइएको छ ।

स्थानीय तहका स्वास्थ्य शाखाहरुले वडा स्तरका स्वास्थ्य चौकी मार्फत समुदाय स्तरमा एन्टिजेन बिधीबाट परिक्षण गरेका हुन् । पछिल्लो समय म्याग्दीमा जटिल समस्या भएका कोरोना संक्रमितको संख्या घटेको छ ।

आइतबार २ जना संक्रमित डिस्चार्ज भएको २५ शैया क्षमताको बेनी अस्पतालको आइसोलेशनमा ३ जनाको उपचार भइरहेको छ । स्थानीय तहले सञ्चालन गरेका आइसोलेशनमा पनि जटिल अवस्थाका संक्रमितको संख्या घटेको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

स्वास्थ्य कार्यालय म्याग्दीले सबै पालिकालाई एन्टिजेन बिधीबाट कोरोना परिक्षण गर्न सात÷सात सय थान किट उपलब्ध गराएको थियो । कोरोना संक्रमित खोज्दै बस्ती स्तरमै पुगेर एन्टिजेन परिक्षण गरिएको धवलागिरी गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक सम्झना खाती क्षेत्रीले बताउनुभयो ।

म्याग्दीमा आइतबार पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुदाँ १४ जना निको भएर आइसोलेशनमुक्त भएका छन् । योसँगै म्याग्दीमा कुल कोरोना संक्रमितको संख्या दुई हजार २५७ जना पुगेको छ ।

बेनी नगरपालिकाका तीन, अन्नपूर्णका पाँच, मंगलाका एक, रघुगंगाका आठ र जलजलाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । एन्टिजेनबाट १२ र पिसिआरबाट ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

म्याग्दीमा सक्रीय संक्रमितको संख्या २०८ जना छ । म्याग्दीबाट संकलन गरेर पठाइएको ११ वटा नमुनाको रिपोर्ट आउन बाँकी छ । यसैगरी म्याग्दीको गुर्जा, बिम, मल्कवाङ र राम्चेमा कोरोना भाइरसको संक्रमित भेटिएका छैनन् । ४५ मध्य ४१ वटा वडा कोरोना संक्रमणबाट प्रभावित भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...