बहुप्रतिभाका धनी बिरबहादुर कार्की रहनुभएन्

Gandaki Pardesh notice

बेनी । केही दिनअघि छोरा गुमाएका म्याग्दीका शैक्षिक धरोहरका रुपमा परिचित लोक कलाकार समेत रहनुभएका बिरबहादुर कार्कीको शुक्रबार निधन भएको छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा जनप्रिय माविको पुर्ब प्रअ कार्कीको ७२ वर्षको उमेरमा निधन भएको हो । मुखको क्यान्सर भएर थलिनुभएका कार्कीलाई केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि हेलिकप्टरबाट पोखरा लगिएको थियो ।

कोरोना संक्रमणबाट कार्कीका कान्छा छोरा बिकलको पनि यही बुधबार ४४ वर्षको उमेरमा पोखरामै उपचारको क्रममा निधन भएको थियो । जनप्रिय माविमा बि.स. २०२८ देखि २०६६ सम्म प्रअको जिम्मेवारी सम्हाल्नुभएका कार्की ब्यवस्थापन समितिको बाहलवाला अध्यक्ष हुनुहुन्थ्यो ।

Shreekrishna hardwear in news

रत्नेचौरमा जन्मिएपनि उहाँको बसोबास दरवाङमा थियो । अंग्रेजी बिषय शिक्षक रहेका कार्कीलाई म्याग्दीको लोक संगितको पनि धरोहर मानिन्छ । उहाँले शिरफुले भाकाको म्याग्दीको मौलिक लोक गितको पहिचान गराउन योगदान गर्नुभएको थियो ।

Bhautik ministry notice about road

सुरीलो स्वरका धनी कार्कीले सालैजो, यानीमाया, सुनिमाया जस्ता भाकाका समेत गित गाउनुभएको थियो । उहाँको शिरफुल भाकाका गित चर्चीत छन् । कार्कीले तत्कालीन धौलागिरी अञ्चलका लागि राष्ट्रिय लोक दोहोरी गित प्रतियोगितामा पहिलो पटक स्वर्णपदक दिलाउनुभएको थियो । उहाँले तत्कालीन राजा बिरेन्द्र शाहबाट गोदवा सम्मान प्राप्त गर्र्नुभएको थियो ।

चार महिनाअघि मुखको क्यान्सर भएपछि उहाँको उपचारका लागि पुर्ब बिद्यार्थीहरुले समेत सहयोग गरेका थिए । समग्र जिल्लाको शैक्षिक र सांगितिक क्षेत्रका धरोहर कार्कीले पश्चिम म्याग्दीको सामाजिक संघ संस्था भित्र्याउन सुरुवाति नेतृत्व गर्नुभएको थियो ।

उहाँको नेतृत्वमा दरबाङमा लायन्स क्लव, म्याग्दी उद्योग बाणिज्य संघको बजार इकाईको स्थापना भएको थियो । जनप्रिय माबिमा दश जोड दुई तहको पठनपाठन सुरुवात गराउन अगुवाई गर्नुभएका कार्कीको दरबाङमा पश्चिम म्याग्दीलाई लक्षित गरेर क्याम्पस सञ्चालन गर्ने योजना थियो ।

शिरफुले, यानीमाया, सुनिमाया भाकाको इतिहाँसको अध्ययन गरी यसलाई लिपीवद्ध गरि अभिलेखिकरण र संरक्षण गर्ने कार्कीको अर्को योजना थियो । सामाजिक, शैक्षिक, सांगितिक क्षेत्रको अभिभावक गुमाउँदा जिल्लाबासीले दुख व्यक्त गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...