म्याग्दीमा २६ जनामा कोरोना संक्रमण पुष्टि

Sinchai Khanipani notice

बेनी । म्याग्दीमा शुक्रबार थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार सबै संक्रमित एन्टिजेन परिक्षणका क्रममा पहिचान भएका हुन् । बेनी नगरपालिकामा ६, रघुगंगामा ५, अन्नपूर्णमा १२, मालिकामा १, मंगलामा २ जनामा कोरोना पुष्टि भएको कार्यालयका सूचना अधिकारी गणेश सुबेदीले बताउनुभयो ।

Bhautik ministry notice about road

योसँगै म्याग्दीमा कुल कोरोना संक्रमितको संख्या दुई हजार १९३ जना पुगेको छ । हाल जिल्लामा २१८ जना कोरोना संक्रमित छन् । पछिल्लो २४ घण्टामा कोरोना जितेर १६ जना आइसोलेशनमुक्त भएका छन् ।

Shreekrishna hardwear in news

म्याग्दीबाट संकलन गरेर पठाइएको ३८ वटा नमुनाको रिपोर्ट आउँन बाँकी छ । यसैगरी शुक्रबार म्याग्दीमा ६२ देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकहरुलाई कोरोना भाइरस विरुद्धको भेरोसिल खोप लगाइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...