धौलागिरि खबर

म्याग्दीमा सुन्तलाको दाना झार्ने किरा नियन्त्रणका लागि खाद्य पासोको प्रयोग

बेनी । म्याग्दीका बगैचामा सुन्तलामा दाना झार्ने चाइनिज सिट्रस फ्रुट फलाई नामको किरा रोकथामका लागि खाद्यपासोको प्रयोग गरिएको छ ।

पाक्ने बेलामा दाना झर्ने समस्या म्याग्दीमा सुन्तला खेतीमा केही बर्षयता मुख्य चुनौतिको रुपमा देखा परेको छ । सुन्तलाको दाना झार्ने किरा रोकथाम गर्न प्रोटिन बेट नामको खाद्यपासको प्रयोग गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

चिनबाट ल्याएको प्रोटिन बेट प्रयोग गरे बिहिबार मंगला गाउँपालिकाको अर्मनको बगैचामा खाद्य पासो थापिएको केन्द्रका कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले बताउनुभयो । “प्रोटिन बेटमा दाना झार्ने किराले मन पार्ने तत्व मिसाइएको हुन्छ,” उहाँले भन्नुभयो “खानेकुरासँगै बिषादी खाएर किरा मर्छ र नियन्त्रणमा सहयोग पुग्छ ।”

Rara Auto Mobiels

१० हप्तासम्म साताको एक पटक ३ वटा फल दिने बोट मध्य १ वटा बोटको हाँगामा प्रोटिन बेट छर्न सकिन्छ । एक बोटलाई एक पटकमा पानीमा मिसाएर ५० एमएम प्रोटिन बेटको घोल छर्न सकिन्छ । एक लिटर प्रोटिन बेटमा दुई लिटर पानी मिसाएर तीन लिटरको घोल बनाएर स्प्रे गरिन्छ । फल झार्ने किरा बयस्क हुने समय पारेर खाद्य पासोको प्रयोग गरिएको हो ।

चैत देखि जेठ पहिलो हप्तासम्म म्याग्दीमा दाना झार्ने किरा जमिन बाहिर निस्किएको थियो । बाहिर निस्केको १० देखि १५ दिनपछि स्प्रे गर्न सिफारिस गरिएको कृषि प्रसार अधिकृत पाण्डेले बताउनुभयो ।

बाली संरक्षण प्रयोगशाला पोखराबाट प्रर्दशनका लागि म्याग्दीमा पहिलो चरणमा एक हजार फल दिने बोटलाई दश पटक स्प्रे गर्न मिल्न पुग्ने गरी प्रोटिन बेट आएको छ । सुन्तला बल्क बेनी र मालिकाले पनि करिब पाँच सय लिटर प्रोटिन बेट ल्याउने तयारी गरेका छन् ।

चाइनिज सिट्रस फ्रुट फलाई किराले गत वर्ष म्याग्दीका कृषकले लगाएको चालीस प्रतिशत दाना झारेको थियो । पहिलो चरणमा झरेका फल ब्यवस्थापन गर्न स्थलगत तालिम, दोस्रो चरणमा फल ब्यवस्थापन गर्न सत प्रतिशत अनुदानमा पलास्टिकका थैला बितरण गरिएको थियो ।

तेस्रो चरणमा प्रोटिन बेट खाद्य पासोको प्रयोग गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख गोबिन्दराज कोइरालाले जानकारी दिनुभयो । म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवति, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दा बढी सुन्तला बगैचा छन् । ७०६ हेक्टरमा सुन्तला खेती भएकोमा ३३५ हेक्टरमा लगाएको बोटले उत्पादन दिन्छ । वार्षिक करिब दुई हजार पाँच सय मेट्रिक्टन सुन्तला उत्पादन हुन्छ ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...