म्याग्दीमा शुक्रबार कोरोना विरुद्धको तेस्रो चरणको खोप लगाउने सबै तयारी पुरा

Sinchai Khanipani notice

बेनी । म्याग्दीका एक हजार पाँच सय जना भन्दा बढी जेष्ठ नागरिकहरुलाई शुक्रबार तेस्रो चरणमा कोरोना (भाइरस) बिरुद्धको खोप लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीले संघीय सरकारको निर्णय अनुसार ६२ देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई जिल्लाभर एकै पटक खोप लगाउन लागिएको जनाएको छ । कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले सबै वडाका स्वास्थ्य चौकीमा खोप लगाउने ब्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

“म्याग्दीका लक्षित समुदायका लागि दुई हजार डोज खोप आवश्यक पर्ने अनुमान गरिएको थियो,” उहाँले भन्नुभयो “अहिले आएको एक हजार ५६५ डोज खोप लगाउन सबै स्वास्थ्य संस्थामा पु¥याइएको छ ।” खोप लगाउन सबै तयारी पुरा भएको लम्सालले बताउनुभयो ।

Shreekrishna hardwear in news

सरदर एक वटा स्वास्थ्य चौकीमा ३० देखि ३३ जना जेष्ठ नागरिकलाई खोप लगाइदैछ । यसअघि छुटेका स्वास्थ्यकर्मीले मात्र खोप लगाउन पाउनेछन् । स्वास्थ्यकर्मी बाहेक अन्य समूहमा पर्ने छुटेकालाई खोप नदिन सरकारले निर्देशन गरेको छ ।

Bhautik ministry notice about road

चिनीया कम्पनीले उत्पादन गरेको दुई डोज भेरोसिल खोप लगाएपछि कोरोना भाइरसको संक्रमण बिरुद्ध लड्ने एन्टिबडीको बिकास हुने चिकित्सकहरुको भनाई छ । पहिलो डोज लगाएको एक महिनापछि दोस्रो डोज लगाउनुपर्नेछ ।

यसअघि भारतीय कम्पनीले उत्पादन गरेको कोभिशिल्ड खोप म्याग्दीका करिब दश हजार जनालाई लगाइएको थियो । सात हजार एक जना जेष्ठ नागरिक र दुई हजार ५०४ जना स्वास्थ्यकर्मी, जनप्रतिनिधी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई दुई डोज कोभिशिल्ड लगाइएको थियो ।

कोरोना भाइरसबाट म्याग्दीमा बिहिबारसम्म दुई हजार १६७ जना संक्रमित भएका छन् । ५० जना भन्दा बढीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । बिहिबार पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १५ जना निको भएर आइसोलेशनमुक्त बनेका स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुबेदीले बताउनुभयो ।

बेनी नगरपालिकाका ६ जना, धवलागिरीका ३, रघुगंगाका ३, अन्नपूर्णका २, मालिकाका २, मंगलाका ५ र जलजलाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल जिल्लामा सक्रीय संक्रमितको संख्या २०८ जना छ । म्याग्दीमा संकलन गरेर पठाइएको १७ वटा नमुनाको रिपोर्ट आउन बाँकी छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...