अर्मनमा जथाभावी सडक खन्दा पहिरो (भिडियो रिपोर्ट सहित)

khali

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा जथाभावी खनिएको सडकका कारण पहिरो सिर्जना भएको छ । सडक बिस्तार गर्दा खनिएको माटोको सुरक्षित ब्यवस्थापन नगर्दा अर्मनको हाँडेभिर बस्ती पहिरोको जोखिममा परेको हो ।

पोक देखि नेटा–अर्मन–किमचौर हुदै बागलुङ्गको ताराखोला जोड्ने सडक बिस्तारका क्रममा नेटा खण्डको पाखोमा फालिएको ढुङ्गा–माटोले हाडेभिरको बस्ती, स्वास्थ्य चौकी जोखिममा पर्नुका साथै खानेपानीको मुहान, सिचाईको नहर र खेतीयोग्य जमिन पुरिएको छ ।

पहिरोले खिमबहादुर रोका, कर्णबहादुर रोका, रनबिर रोका सहत हाडेभिरका सात घर उच्च जोखिममा परेका छन् । माथिल्लो हाडेभिर खोल्लाका दलबहादुर थापाका परिवार सडकबाट आएको पहिरोले यसअघिनै बिस्थापित भएका थिए । स्थानीय अस्तमान घर्तिले सडक बिस्तारका लागि स्काभेटरले पहाड खन्न थालेसँगै पहिरो सक्रिय भएको बताउनुभयो ।

Shreekrishna hardwear in news

“१२ वर्षअघि सडक खन्दा मेरो १० रोपनी पाखोबारी पहिरोमा परिणत भएको थियो,” उहाँले भन्नुभयो “अहिले फेरी सडक फराकिलो बनाउन खनेको माटो पाखोमा फालिदाँ पहिरो चलेर उठिबास लगायो ।”

khali

चालु आर्थिक वर्षमा प्रदेश सरकार अन्तरगतको पुर्बाधार बिकास कार्यालयले नेटा–अर्मन–किमचौर हुदै ताराखोला जोड्ने सडक स्तरोन्नितिका लागि त्रिशक्ति–श्रमजिवी जेभीसँग रु. ८१ लख ४६ हजार ६५६ मा ठेक्का सम्झौता गरेको थियो ।

पुर्बाधार कार्यालय र निर्माण ब्यवसायीको लापरबाहीका कारण पाखो खनेर बस्तितर्फ माटो फालिदाँ पहिरो चल्न थालेको हाँडेभिरका बासिन्दा चित्रकला सापकोटाले बताउनुभयो । “सडक खन्दा निस्कने माटो एक किलोमिटर सम्म टाढा लगेर ब्यवस्थापन गर्ने सम्झौता कार्यान्वयनमा सम्बद्ध कार्यालय र निर्माण ब्यवसायीले चासो देखाएका छैनन्,” उहाँले भन्नुभयो “डोजरले पहाडको भित्ता कोपरेर पाखाभरी माटो फाल्दा रुख, बिरुवा र बारीमा लगाएको खेतीबाली मासिएको छ ।”

पाखोमा पालिएको माटो आकाशबाट पानी पर्नासाथ पहिरो बनेर बग्न थालेको हो । पहिरोले ३५ घरधुरीले उपभोग गर्ने खानेपानी आयोजना र आठ हेक्टर क्षेत्रफलमा सिचाई गर्ने नहर पुरेपछि धानको ब्याड राख्न नपाएको स्थानीय हर्कबहादुर रोकाले बताउनुभयो । “मुहान पुरिएपछि खानेपानी आपुर्ति भएको छैन,” उहाँले भन्नुभयो “नहर पनि पहिरोले पुरिएकाले हाडेभिर र काँशेबगरमा धानको ब्याड राख्न समस्या भएको छ ।”

निर्माण ब्यवसायी प्रकाश बानियाले सम्झौतामा उल्लेखित १ किलोमिटर क्षेत्रभित्र माटो ब्यवस्थापन गर्न ठाउँ नपाएको बताउनुभयो । “एक किलोमिटर वरपर माटो फाल्ने ठाउँनै भेटिएन,” उहाँले भन्नुभयो “माटो फाल्ने ठाउँ नपाउँदा समस्या भएको हो । त्यहाँ ३० मिटर ग्यावीयन पर्खाल लगाएर काम रोक्ने सोचेको छु ।”

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...