जलजलालाई स्वास्थ्य सामग्री सहयोग

Sinchai Khanipani notice

जलजला । विभिन्न संघ संस्था तथा व्यक्तिहरूले जलजला गाउँपालिकामा स्वास्थ्य सामग्रीहरू सहयोग गर्ने क्रम जारी छ । कोरोना महामारीको उच्च जोखिममा जलजलाबासी नागरिकको स्वास्थ्य र सुरक्षाको लागि गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)द्वारा गरिएको सहयोगको आह्वानपछि दाताहरूले सहयोगको हात बढाएका हुन् ।

Bhautik ministry notice about road

यसैक्रममा नागर्जुन नगरपालिका काठमाडौ बस्ने भारतीत सेना बाट सेवा निवृत हुनुभयका ज्ञान बहादुर केसी र उहाकी धर्मापत्नी टिका कुमारी केसीले रु दुई लाख ५० हजार बराबरको स्वास्थ सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

उहाँले सर्जिकल माक्स १००० थान, एन के ९५ माक्स १००० थान, पिपिई ७ थान, सेनिटाइजर १५ लि., ग्लोब्स १००० थान, पल्स अक्सिमिटर ५ थान, डिजिटल थर्मोमिटर २० थान लगायतका स्वास्थ सामग्री सहयोग गरेका गर्नुभएको हो । उक्त स्वास्थ सामाग्री नाग्लिबाङ निवासी सोम बहादुर जिसिले जलजला–८ नाग्लिबाङ स्वास्थ चैकीमा सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...