बगर उत्खनन्मा प्रयोग भएको स्काभेटर र टिप्पर नियन्त्रणमा

Sinchai Khanipani notice

बेनी । बेनी नगरपालिका–६ चुत्रेनी–बगुवाखोला स्थित म्याग्दी नदीको बगर उत्खनन्मा प्रयोग भएका स्काभेटर र टिप्परलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बा १ क ६४०३ नम्बरको स्काभेटर, ध १ त ५८२, ग १ त ५४४८ र ध १ त ५३२८ नम्बरका तीन वटा टिप्पर निणयन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिलाई बुझाएको हो ।

बगर उत्खनन्मा मानवीय जनशक्तीको अधिकतम प्रयोग गर्ने ठेक्का सम्झौता गरेका निर्माण ब्यवसायीले एक्साभेटर, ब्याकुहोलडर प्रयोग गरेर नदीजन्य बस्तुको दोहन गर्दा वातावरणीय, जल प्रदुषणका साथै जलचरको बासस्थानमा असर र नदी गहिरिएर कटान तथा बाढीको जोखिम हुन्छ । संघीय सरकारको कानुन अनुसार नदीजन्य बस्तु उत्खनन्मा उपकरण प्रयोगको बिषयमा स्पष्ट उल्लेख छैन् ।

Shreekrishna hardwear in news

केही समययता म्याग्दी प्रहरीले नदी बगरमा उपकरणको प्रयोगलाई कडाई गरेको छ । यसअघि रघुगंगा, मालिका, अन्नपूर्ण, मगला गाउँपालिका क्षेत्रको बगर उत्खनन्मा प्रयोग भएका स्काभेटर र ढुवानी गने टीप्परलाई नियन्त्रणमा लिएर कारबाहीका लागि जिससमा पठाएको प्रहरीले जनाएको छ ।

ठ्ेक्का लिएका निर्माण ब्यवसायीहरुले भने मजदुर मार्फत नदीजन्य बस्तुको संकलन सम्भव नभएको, ढिलाई हुँदा ठूला बिकास आयोजनामा पर्याप्त मात्रामा कच्चा पदार्थ पु¥याउन नसकिएको, स्पष्ट ब्यवस्था नभएको प्रतिक्रिया दिने गरेका छन् ।

Bhautik ministry notice about road

निषेधाज्ञाका कारण प्रशासन, जनप्रतिनिधी र सुरक्षाकर्मी कोरोना महामारी नियन्त्रणमा ब्यस्त भएको मौका छोपेर बगर उत्खनन्को प्रयास गरेपनि मापदण्ड र कानुन विपरितको उत्खनन् गर्न नदिएको प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले बताउनुभयो । नदी दोहन रोकथामका लागि म्याग्दी प्रहरीले दवावका बावजुद साहसिक कदम चालेर कानुनी दायरामा ल्याउन गरेको प्रयासको नागरिकले प्रंशसा गर्न थालेका छन् । नदी उत्खनन्को काम गर्नेहरु भने आक्रोशित र रुष्ट भएका छन् ।

पेट्रोल पम्पमा आगोलागी हुँदा एक जना घाइते

यसैगरी बेनी नगरपालिका–२ हाडेभिरमा रहेको मालिका आयल स्टोर्समा बुधबार राती आगोलागी हुँदा एक जना घाइते भएका छन् । ना ४ ख ९४३४ नम्बरको ट्याङ्करबाट पेट्रोल अनलोड गर्ने क्रममा आगोलागी भएको थियो ।

आगोलागीमा घाइते भएका ट्याङ्करका सहायक चालक धादिङको धार्केका १७ वर्षीय मनिस कोइरालालाई थप उपचारका लागि बेनी अस्पतालले पोखरा रिफर गरेको छ । प्रहरी नायव उपरिक्षक श्यामकुमार राइको नेतृत्वमा खटिएको प्रहरी र स्थानीयबासीहरुले बेनी नगरपालिकाको दमकलको प्रयोग गरेर आगोलागी नियन्त्रणमा लिनुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...