मेडिकल एशोसियसनद्धारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी अस्पताललाई बुधबार नेपाल मेडिकल एशोसियसनले चार थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ ।

एसोसेशनले पठाएको सो स्वास्थ्य उपकरण नेपाली काँग्रेस म्याग्दीका सभापती खमबहादुर गर्बुजा (खम्बीर) र प्रताप पौडेलले बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवाला र डा. जितेन्द्र कंडेललाई हस्तान्तरण गर्नुभयो ।

Bhautik ministry notice about road

कोरोना संक्रमति र स्वासप्रस्वास सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरेर एसोशेसनले सामान पठाएको छ । एशोसीयसनले रघुगंगा गाउँपालिकामा ४, मंगला, मालिका र बेनी नगरपालिका–१० को पात्लेखेत स्वास्थ्य चौकीलाई थप एक÷एक वटा कन्सन्ट्रेटर उपलब्ध गराउने जनाएको छ ।

Shreekrishna hardwear in news

अक्सिजन कन्सन्ट्रेटर सामान्य सास फेर्न गाह्रो भएकालाई दिने मेसिन हो । अक्सिजन कन्सन्ट्रेटरले बाहिरको हावालाई फिल्टर गर्छ । एकातिरबाट अक्सिजन र अर्कोतिरबाट नाइट्रोजन फाल्छ । मेसिनको अर्को लिक्विड प्लान्टबाट अक्सिजन बनाइन्छ र बिरामीले अक्सिजन प्रयोग गर्छन्। अक्सिजन कन्सन्ट्रेटरको प्रयोग गर्दा अस्पतालभित्र रहेको प्लानबाट सिलिण्डरमा अक्सिजन भर्न सहज हुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...