तीनचुली नेपालको म्याग्दीका गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

Gandaki Pardesh notice

बेनी । सामाजिक संस्था तीनचुली नेपालले म्याग्दीका पाँच गाउँपालिकामा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका लागि करिब रु ८ लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीका सचिव बालकृष्ष्ण सुवेदीको पहलमा केन्द्रीय सदस्य बिजय गुरुङको समन्वयमा तीनचुली नेपालका अध्यक्ष ज्वालन गुरुङले सामाग्री उपलब्ध गराउनुभएको थियो ।

सचिव सुवेदी, सदस्य कृष्णकुमार विश्वकर्मा, देउप्रसाद छन्त्याल र झलक आचार्यको सहकार्यमा स्थानीय तहमा उपस्थित भएर स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । उहाँहरुले धवलागिरी, मालिका, मंगला, रघुगंगा र अन्नपुर्ण गाउँपालिकामा बुझाएको प्राप्त स्वास्थ्य सामाग्रीहरुको तथ्यांक जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीलाई बुधबार जानकारी गराउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

कोरोना रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य सामाग्री सहयोग गर्ने र पहल गर्नेलाई प्रजिअ अधिकारीले धन्यवाद दिनुभयो । सचिव सुवेदी, सदस्य कृष्णकुमार विश्वकर्मा, देउबहादुर छन्त्याल र झलक आचार्यको सहकार्यमा स्थानीय तहमा उपस्थित भएर स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

सो सामग्री स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा संयोजकलाई हस्तान्तरण गर्नुभएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...